0
नेपाली कांग्रेसको १३औं महाधिवेशनको बुथ, क्षेत्र हुँदै जिल्लासम्मका छिटपुट बाहेकका स्थानमा निर्वाचन सम्पन्न भइसकेका छन् । केन्द्रको कार्यसमितिलाई मतदान गर्ने मतदाताको खाका पनि लगभग स्पष्ट भइसकेका छन् । पार्टीको नेतृत्वमा पुग्न कस्सिएका नेता भने आफ्नो मतको लेखाजोखा सुरु गर्न लागेका छन् ।कांग्रेस महाधिवेशनमा एक क्षेत्रबाट १२ जनाका दरले २ सय ४० क्षेत्रका २८ सय ८० जना र भ्रातृसस्था, शुभेच्छुक संस्था र विदेशस्थित पार्टीका जनसम्पर्क समितिबाट आउने प्रतिनीधि गरी ३१ सय ८२ जना महाधिवेशन प्रतिनिधि हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधानमा सभापति हुनका लागि महाधिवेशन प्रतिनीधि संख्याको ५० प्रतिशतभन्दा बढि मत ल्याउनुपर्ने हुन्छ । त्यसका लागि सभापतिका आकांक्षी नेता प्रतिनीधिको जोडघटाउमा लागेका हुन । अहिलेको समग्र मतको रेसियो हेर्ने हो भने स्थायी रुपमा दुई गुट रहेको कांग्रेसमा सस्थापनको ५३ र बरिष्ठ नेता देउवा पक्षको ४७ प्रतिशत रहेको अनुमान गरिएको छ । सस्थापनमा नेतापिच्छे मत विभाजित छ । देउवा पक्षको कमिटेड मत छ । देउवा पक्षमा प्रभावशाली नेता खुमबहादुर खड्काको भने छुट्टै मत छ ।
संस्थापन पक्षले लगभग पदाधिकारीमा प्यानल नै निर्माण गरेकाले अव खड्का त्यता जान सक्ने सम्भावना सकिएको छ । उनी देउवातिरै रहने वा वीचमा बस्ने भन्ने अझै निश्चित भएको छैन् । उनले अहिलेसम्म नेता देउवालाई केहि नमागेर सहयोग गरेको भए पनि यो महाधिवेशनमा आफुलाई पनि पदाधिकारीमा पुर्याउन प्रस्ताव राखेका छन् । उनी उपसभापतिका आकांक्षी हुन । कांग्रेसमा सस्थापन र देउवा पक्षको गुटगत मत छ । त्यसपछि व्यक्तिगत रुपमा नेता खड्कासंग धेरै मत भएको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । १२औं महाधिवेशनमा भन्दा १३औं महाधिवेशनमा २५ प्रतिशत बढी नयाँ प्रतिनीधि आएकाले यतिनै भन्ने अवस्था छैन् । तर, सस्थापन र देउवासंग करिव १ हजार जना हाराहारीको मत छ । 
त्यसमा केहि प्रतिशत देउवासँगभन्दा सस्थापनसँग बढि छ । बाँकी मत व्यक्तिगत रुपमा प्रभाव पार्ने मत रहेको नेता बताउँछन् । व्यक्तिगत रुपमा सबैभन्दा बढि मत नेता खड्कासँग छ । खड्का निकट नेताहरु दाङमा कृर्तिबहादुर खड्का, नवलपरासीमा विष्णु लामिछाने, रौतहटमा नगेन्द्र राय सभापति बनेका छन् । सिन्धुपाल्चोकका बर्तमान सभापति मोहनबहादुर बस्नेत पनि खड्का पक्षकै हुन । सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन भएको छैन् । २८५ देखि ३०० को हाराहारीमा खड्काले जता भन्यो त्यतै हाल्ने मत रहेको बताइन्छ ।
तयसपछि व्यक्तिगत रुपमा दोस्रो मत महामन्त्री प्रकाशमान सिंहसंग छ । उनीसंग गणेशमान सिंह लिगेसीको र नेवार समुदाय सेन्टीमेण्टको मत रहेको नेताहरु बताउँछन् । काठमाडौं सभापति सवुज बानियाँसहित उपत्यका लगायत पाल्पा, चितवन, काभ्रेमा सिंहको मत छ । सिंहसंग दुई सयको हाराहारीमा मत रहेको बताइन्छ ।
तेस्रोमा व्यक्तिगत रुपमा धेरै मत महामन्त्री कृष्ण सिटौलासंग छ । उनीसंग १ सय ४० देखि ५० को हाराहारीमा मत छ । चौथोमा नेता बालकृष्ण खाणसंग मत छ । उनीसंग व्यक्तिगत रुपमा जता भन्यो त्यतै हाल्ने मत १०० को हाराहारीमा रहेको बताइन्छ ।
महामन्त्रीका लागि वार्गे्निङ गरिरहेका नेता अर्जुननरसिंह केसीसंग ३० भोट मात्रै रहेको नेताहरुको भनाई छ । बाँकी नेविसंघको राजनीति गरिरहेका नयाँ प्रतिनीधि रहेकाले आकलन गर्न नसकिने नेता बताउँछन् । त्यसमा नेता विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, गोविन्द भट्टराई लगायतले प्रभाव पार्न सक्ने नेता बताउँछन् ।
केन्द्रीय सदस्य बालकृष्ण खाणले नेताहरु आफ्नो मत कति रहेको छ भन्ने क्याल्कुलेशनमा व्यस्त रहेको बताए । मतको क्याल्कुलेशन टुंगिएपछि कसरी अघि बढ्ने तय हुने उनको भनाई छ ।
(स्रोत ः रातोपाटीबाट)



Post a Comment

 
Top