0
गोल्डेन न्यूज संवाददाता
पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचारिका समूह पश्चिमाञ्चलको अयोजना पश्चिमाञ्चल स्तरिय ३ दिने फिचर लेखन तालिम शनिवारदेखि पोखरामा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले फिचर लेखन तालिम पश्चात पत्रकारिता पेशालाई मर्यादित बनाउदै तथ्यमा आधारित अनुसन्धानात्मक, सिर्जनात्मक र बहुआयामिक तरिकाले समाचार लेखन कार्यमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । पत्रकार महिलाले आफ्नो पेशालाई पत्रकारिताको धर्ममा रहेर व्यवसायिक पत्रकारिता गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले तालिम तालिममा मात्र सीमित नभई व्यवहारमा लागू गर्नुपर्ने जोड दिएका थिए । जसको लागि यो तालिम अत्यन्त फलदायी हुने उनीहरुको भनाई थियो । कार्यक्रममा वानका केन्द्रीय सचिव दुर्गा अधिकारी, कास्की आवाजका अध्यक्ष सरस्वती गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेल, गोरखापत्र संस्थानका बोर्ड सदस्य नवराज सुवेदी, सञ्चारिका समूह पश्चिमाञ्चलका संस्थापक अध्यक्ष दुर्गा भण्डारी लगायतले बोलेका थिए । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहसचिव सावित्री गौतम र सञ्चालन सदस्य कञ्चन थापा र धन्यवाद ज्ञापन विमला भण्डारी ले गरेका थिए । 
तालिममा कास्की, स्याङ्जा, तनहुँ, बागलुङ्ग, पवर्त, लमजुङ जिल्लाका २५ जना पत्रकार महिलाको सहभागिता रहेको सोे तालिममा मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार मोहन मैनालीले सहजिकरण गर्नेछन्। ३ दिनसम्म सञ्चालन हुने यस तालिममा पोखरा उप–महानगरपालिका, जिल्ला विकास समिति कास्की सहयोगी संस्थाको रुपमा रहेका छन् ।


Post a Comment

 
Top