0
गोल्डेन न्यूज संवाददाता
कास्कीको दक्षिण भेग स्थित लेखनाथ नगरपालिका वडा नं.१८ मा रहेको कोट भैरब मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा चेत बहादुर महत सर्वसम्मत चयन भएका छन् । नव गठित समितिको उपाध्यक्षमा गुरु प्रसाद पौडेल, सचिवमा कमल प्रसाद पौडेल, सह सचिवमा कमल पौडेल, कोषाध्यक्षमा सन्त बहादुर थापा र सदस्यहरुमा गणेश बहादुर थापा र तुलसी दुरा रहेका छन् । समितिका निवर्तमान अध्यक्ष फत्तबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले धार्मिक तथा दृश्यावलोकनका हिसावले महत्वपूर्ण मानिएको कोट भैरव मन्दिरको जिर्णोद्वार गर्नु समितिको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । मन्दिरलाई पर्यटकिय क्षेत्रका रुपमा थप विकास गर्ने कार्यमा टेवा पुर्याउने उद्देश्यले पत्रकार विष्णुहरि पौडेल र बासुदेव पौडेल समेत रहेको एक प्रचार–प्रसार समिति समेत गठन गरिएको छ । समितिका निवर्तमान सचिव शिव प्रसाद पौडेलले संचालन गरेको कार्यक्रममा ३०० बढी भक्तजनहरुको उपस्थितिमा सामूहिक पूजा समेत सम्पन्न भएको थियो । समितिका सचिव र कोषाध्यक्षका प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएका थिए । भेलाले संस्था दर्ताको लागि प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको स्थानिय राजु प्रसाद पौडेलले जानकारी दिएका छन् । नव गठित कार्यसमितिमा फत्त बहादुर महत, लोक बहादुर लामिछाने, धन बहादुर थापा, सदन महत, सोम बहादुर थापा, लोक बहादुर महत र हेम बहादुर पराजुली रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।




Post a Comment

 
Top