0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ४ मा रहेको आदर्शमार्ग २ टोल विकास संस्थाको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन बुधबार सम्पन्न भयो । अधिवेशनले केशव प्रसाद ढकाललाई पुनः अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा चेतनाथ शर्मा, सचिवमा भगवान पहारी, कोषाध्यक्षमा सरस्वती पौडेल र सदस्यहरुमा इन्द्रलाल श्रेष्ठ (राजु), शिवराज बराल, सानुकाजी लिगल, विकास गुरुङ, मधुसुदन पराजुली रहेका छन् । 
कार्यक्रमको उद्घाटन गर्दैै प्रमुख अतिथि तथा पोखरा उप–महानगरपालिका वडा नं. ४ का वडा सचिव दुर्गा प्रसाद कोइरालाले टोलको विकासमा संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै आदर्श टोलले नाम जस्तै काम गर्ने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महिला समन्वय समिति पोखरा–४ की अध्यक्ष भगवती कोइराला, वडा समन्वय समितिका उपाध्यक्ष गोमा कोइराला सुवेदी, सचिव ईश्वर लिगल, कोषाध्यक्ष गोमा गोदार, सदस्य भरत पराजुली, आदर्श बाल क्लवका अध्यक्ष सञ्जिना अर्याल, टोलका सदस्य प्रेम कर्माचार्य, संस्थाका सल्लाहकार वसन्तराज पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद पन्तलाई सम्मान गरिएको थियो । संस्थालाई स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आएको भन्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा सदस्य सानुकाजी लिगल, सचिव चेतनाथ शर्मा, कोषाध्यक्ष रमा पराजुली लगायतले संस्थाको गतिविधि बारे जानकारी गराएका थिए। यसैगरी कार्यक्रममा टोलवासी प्रेम कर्माचार्यले संस्थाका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

Post a Comment

 
Top