0
पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको दाना गाविस वडा नम्बर २ स्थित सुर्केमेलाको सोलिघोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतकको शब संकलन कार्य जारी रहेको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले शब संकलन गरिरहेका छन् । जहाजमा चालक रोशन मानन्धर, सहचालक डिकेस नेमकुल र परिचारिका रमा रावल सहित दुई वच्चा, कुवेती नागरिक अहमद रसिद र चिनिया नागरिक माक्सु इङ सवार थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङका नासु रेवती रावल, मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ वास्तोला, विनता भट्टचन, कृष्णलाल भट्टचन, दिल कुमारी गौचन, देविजंग गुरुङ, फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, मोति वहादुर केसी, पवित्रा केसी, लेप्साङ लामा, वालकृष्ण न्याउरे , कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, राज कुमार तामाङ र कमला थकाली थिए । उनीहरु सबैको मृत्यु भएको छ । विहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उडेको ढल्ब्ज्ज् कलसाईनको जहाज ८ बजे अन्तिम सम्पर्कमा आएको थियो । पोखरा जोमसोम रुटमा पोखरा विमानस्थलबाट अन्तिम सम्पर्क स्थापित हुने क्षेत्र घोरेपानीबाट सम्पर्कमा आएको जहाज त्यसपछि सम्पर्क वाहिर गएको नागरिक उड्डयन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले जानकारी दिए । घोरेपानीदेखि तातोपानी बिचको क्षेत्रमा पोखरा र जोमसोम दुबैतिरबाट कुनैपनि सम्पर्क स्थापित नहुने भएकाले सो क्षेत्रलाई ‘वफर एरिया’ भनिन्छ । सो एरियामा छिरेको पाँच मिनेटपछि जोमसोम विमानस्थलको सम्पर्कमा आउनुपर्ने जहाज बीचमै दुर्घटनाग्रस्त भएको हो । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको बिमान बुधबार दुर्घटनामा हुँदा पाइलट रोशन मानन्धरसहित २३ जना पारे । तारा एयरका अनुभवी र पुराना पाइलट रोशनले नै कल साइन ढल्(ब्ज्ज विमान गत असोजमा क्यानडाबाट काठमाडौंसम्म उडाएर ल्याएका थिए । आफैले उडाएर नेपालसम्म ल्याएको ट्वीनअटर जहाजले बुधबार उनको ज्यानै लियो । बिमान दुर्घटना हुनासाथ धेरै नेपालमा थोत्रा जहाज उड्छन त्यसैले दुर्घटना हुन्छ भन्ने टिप्पणी गरे पनि यो जहाज अत्याधुनिक र केही महिना पहिलेमात्र उडान थालेको नयाँ जहाज थियो । तारा एयरले गत असोज ९ गते नेपाल ल्याएको थियो । भाइकिङ डिएचसी ६–४०० सिरिजको यो ट्वीनअटर विमान उत्तर अमेरिकी मुलुक क्यानाडामा बनेको हो । यो जहाजले छोटो उडान र अवतरण (स्टल) धावनमार्ग भएका दुर्गम गन्तव्यहरु लुक्ला, फाप्लु, जोमसोम, डोल्पा, रारा र सिमिकोटमा उडान भर्दै आइरहेको थियो । दुर्घटनामा परेको जहाज आधुनिक प्रविधिकले सुसज्जित भएको हुँदा सुरक्षित रहेको कम्पनीको दाबी थियो । स्टल जहाजमा यो सिरिज सबैभन्दा उत्कृष्ट भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आधुनिक एभियोनिक्स प्रणाली रहेको यस जहाजमा मौसमको अवस्था देखाउने ‘कलर वेदर रिडर’ प्रविधि जडान गरिएको थियो । साथै, जहाज र जमिनबीचको दुरी नाप्ने (भ्न्एध्क्) यन्त्रका साथै आकाशमा हुन सक्ने ट्राफिक दुर्घटनाको संकेत दिने (त्ऋब्क्) प्रणाली पनि यसमा रहेका छन् । यो जहाज विश्वका अत्यन्त दुर्गम र प्रतिकूल वातावरण शून्य डिग्री तापक्रमको अन्टार्टिका, उत्तरी अफ्रिकाको उच्च तापमानको मरुभूमि एवं इन्डियन महासागरको पानीमाथिदेखि हिमालयका पहाडी भेगहरुमा उडान भर्ने क्षमताले भरिपूर्ण रहेको जहाज ल्याउँदा ताराले दाबी गरेको थियो ।

Post a Comment

 
Top