0
गोल्डेन न्यूज संवाददाता
कास्की लेखनाथ लामेआहालमा मंगलबार भाटभटेनी सुपर मार्केटको ट्रक र स्थानीय श्रृंगा यातायातको मिनीबस ठोक्किदा १३ जना घाईते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको मिनिबस र पोखरा तर्फ आउँदै गरेको भाट भटेनी सुपर मार्केटको ट्रक एक आपसमा ठोक्किदा १३ जना घाइते भएका हुन । घाईते मध्ये ७ जनाको मणिपाल शिक्षण अस्पताल र ६ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । घाईते हुनेमा तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नं. ४ बस्ने विष्णुमाया सुनार, उनको ९ महिनाको छोरा कृतन, ५ बर्षकी छोरी कृति सुनार, बसका चालक तनहुँ थप्रेक ५ का नुन वहादुर गुरुङ्ग, तनहुँ जामुने ७ का नानीमाया कुमाल, तनहुँ मनपाङका मिनु गुरुङ्ग र लेखनाथ ११ का बर्षना मगर रहेको प्रहरीले जनाएको छ । उनीहरु सवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । यसैगरी काठमाडौं चपली ३ बस्ने ट्रक चालक उद्धव थापा, सह चालक कृष्ण तामाङ, तनहुँ शुक्ला गण्डकी १५ का गोपाल पौडेल, सोही स्थानकी लक्ष्मी थापा, तनहुँ राम्जाकोट गाविस वडा नं. १ बस्ने दलवहादुर पाल र स्याङजा जिल्ला पुतली वजार नगरपालिका ९ घर भै हाल खैरेनीटार बस्ने तुलवहादुर गुरुङ्ग घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ । घाइतेहरु खतरामुक्त रहेको बताइएको छ । पोखराबाट दमौली तर्फ जाँदै गरेको ना ५ ख १०७३ नम्बरको बस र दमौलीबाट पोखरा तर्फ आउँदै गरेको बा१क ९३१८ नम्बरको ट्रक दिउँसो २ बजे सो स्थानमा ठक्कर खाएका थिए । घट्ना लगत्तै वडाप्रहरी कार्यालय गगनगौडाका प्रहरी नायव निरीक्षक नरेन्द्र जंग कार्कीको नेतृत्वमा गएको टोली र स्थानीय बासिन्दाले घाईतेहरुको उद्धार गरेका थिए ।  घट्नाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।









Post a Comment

 
Top