0
गोल्डेन न्यूज संवाददाता
पृथ्वीराजमार्ग बस सञ्चालक समितीको ४५आंै वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको छ । समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा बिहीबार र शुक्रबार काठमाडांै र दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बिहीबार लायन्स क्लव अफ काठमाडांै चन्द्रागिरी र पृथ्वी राजमार्ग बस ब्यवसायी समितिको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको र शुक्रबार तनहुँको दमौलीमा ६३ युनिट रगत संकलन भएको समितिका अध्यक्ष ऐन कुमार शाहीले जानकारी दिए । शाहीका अनुसार वार्षिकोत्सवको अवसर पारी शनिवार पोखरामा रहेको पृथ्वी राजमार्ग बस ब्यवसायी समितिको काउण्टर जिरो किमी बाट चाइना पुलसम्मको क्षेत्रमा सरसफाइ गरिने भएको छ भने पोखरा १८ बाच्छेबुडुवामा रहेको बात्स्यायन बृद्धाआश्रममा रहेको बृद्ध–बृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ । आइतबार पोखराको न्यू एरा पार्टी प्यालेसमा ४५औं वार्षिकोत्सव भब्यताका साथ मनाइने भएको समितिले जनाएको छ । कार्यक्रमको नेपाल यातायात राष्ट्रिय ब्यवसायी महांसंघका अध्यक्ष दिनेश भण्डारीले उद्घाटन गर्ने समितिका अध्यक्ष शाहीले जानकारी दिए ।
यसैबीच पोखरामा आएको विन्ध्यवासिनी यातायात ब्यवसायी समितिले नया बस सञ्चालन गरेको विरोधमा शनिवारदेखि पृथ्वी राजमार्ग अन्तर्गत चल्ने सम्पूर्ण बसहरु नचल्ने समितिका अध्यक्ष शाहीले जानकारी दिएका छन । आफूहरुले विगत लामो समयदेखि यात्रुहरुलाई विभिन्न बाधा ब्यवधानका बीच पनि सुविधा दिदै आइरहँदा हाल आएर यातायात ब्यवस्था बिभागले मनपरी रुपमा बस सञ्चालनका लागि रुट परमट जारी गर्दा आफूहरुलाई मान्य नभएकाले आफूहरुको समितिबाट सञ्चालन हुने बसहरु सञ्चालन गर्न असमर्थ रहेको शाहीको भनाइ रहेको थियो । यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधा प्रति आफूहरु दुःखी रहेको समेत अध्यक्ष शाहीले वताए ।

Post a Comment

 
Top