0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आइकन उत्कृष्ट ६ राउण्डमा आईपुगेको छ । उत्कृष्ट ७ प्रतिस्पर्धीमध्ये शुक्रबार भएको अडिसनमा कमल केसी बाहिरिएपछि विग आइकन बन्ने दौडमा ६ जना मात्रै बचेका हुन् । शुक्रबार नै उनीहरुले उत्कृष्ट पाँच राउण्डका लागि प्रस्तुति दिए । उपाधिको दौडमा अब प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगात गुरुङ रहेका छन् । उत्कृष्ट ६ प्रतिस्पर्धीहरुमध्ये शुक्रबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ । एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णय अधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् । विग आइकनमा शुक्रबार पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको पनि विशेष उपस्थिती रह्यो । उनले उत्कृष्ट ६ प्रतिस्पर्धीहरुको प्रस्तुति हेरिसकेपछि सबैलाई सफलताको शुभकामना दिए । साथै उनले पोखरालाई संगीतको शहर बनाउन विग एफएमले गरिरहेको ब्राण्डिङ अतुलनीय भएको भन्दै सम्पूर्ण नगरबासीले विग एफएमको कार्यप्रति सदा साथ दिने उनले प्रतिबद्धता समेत जनाए ।
यस्तै पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले पनि विग आइकन जस्तो मञ्च खडा गरिदिएर विग एफएमले साँगीतिक प्रतिभाहरुको लागि ठुलो गुण लगाएको बताए । 
पोखरालाई साँस्कृतिक शहरको रुपमा विकास गर्न विग आइकनले पनि महत्वपुर्ण योगदान दिएको उनले बताए । साथै उनले पनि विग आइकनका प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिएका थिए ।
छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

 
Top