0
गोल्डेन न्यूज संवाददाता
हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार हेमजामा विद्यालय स्तरीय लोकगीत प्रतियोगिता सम्पन भएको छ । प्रतियोगितामा हेमजा सहित आसपासका छिमेकी गाविसका विद्यालयको समेत सहभागिता रही १३ टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा शुक्लागण्डकी उच्च माध्यामिक विद्यालय घाचोक प्रथम, विष्णु पादुका मा.वि हेमजा द्वितीय, हेमजा बोर्डिङ्ग स्कुल हेमजा तृतीय, भुमेश्वर माध्यामिक विद्यालय धिताल सान्त्वना र ज्ञानसरोवर एकेडेमी हेमजाले पाँचौ स्थान हासिल गर्न सफल भएको छ।  प्रतियोगितामा प्रथम देखि पाँचौ स्थान सम्म हासिल गर्ने विद्यालयका सहभागी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष लोकगायक पद्मराज ढकालले प्रतिष्ठानले विद्यार्थीहरु माझ गरेको यस्ता खाले प्रतियोगिताले विद्यार्थीको क्षमतामा निखार आउनुका साथै गीत संगीतका क्षेत्रमा रुचि राख्नेको लागि प्रेरणा थप्ने बताए । प्रतियोगिताको निर्णायहरुमा भजन चुड्का कास्की जिल्ला अध्यक्ष भरतचन्द्र गौतम, लोकगायक परशुराम अधिकारी र विनोद वि.क रहेका छन्। हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा समाजसेवी भीमप्रसाद श्रेष्ठले पनि बोलेका थिए ।  

Post a Comment

 
Top