0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथमा रहेको विएमजी उच्च माविको त्रिदिवसीय रजत महोत्सवको दोस्रो दिन विविध कार्यक्रम सम्पन्न भएका छन्।  विद्यालयले आईबार कास्की जिल्ला स्तरीय खुल्ला म्याराथन दौड,भाईस अफ विएमजी सिजन–२ गायन प्रतियोगिता, भूपू विद्यार्थीको लाइभ कन्र्सट, अहिलेसम्म प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने १५ जना विद्यार्थीलाई सम्मान र विएमजीमा अध्यन गरेर उच्च तहमा पुगेका विद्यार्थीहरुलाई विएम जी गौरब अवार्ड वितरण गरिएको हो। कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले समयको माग र अन्तर्राष्ट्रिय स्तरको पढाई संचालन गरेर विद्यार्थीहरुलाई असल बाटोबाट उज्जवल भविष्यतर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । उनले ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणाली नै अहिलेको आवश्यकता रहेको स्पष्ट पारे । संस्थापक निर्देशक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको  कार्यक्रममा स्रोत व्यक्ति गोबिन्द मणि आचार्य, विद्यालयका प्रमुख सल्लाहकार डा. भीमसेन गुुरुङ, ब्यवस्थापन समितिका पूर्व सदस्य डिल्लीराम पौडेल लगायतले लेखनाथको शैक्षिक विकासमा विएमजीले महत्वपूर्ण भूमिका खेलेको बताए । रतज जयन्ती महोत्सव अन्तर्गत जिल्ला स्तरीय खुल्ला तीन किलोमिटरको म्याराथन दौडमा छात्रातर्फ सुस्मिता भुजेलले प्रथम,  सोनिया धमलाले दोस्रो,कृति मगरले तृतीय र रश्मी लामिछाने र दीक्षा पुनले सान्त्वना स्थान हासिल गरेका थिए। म्याराथनमा २६ विद्यार्थी सहभागी थिए । त्यसै गरि छात्रतर्फको पाँच किलोमिटरको खुल्ला म्याराथनमा  स्माइल भण्डारी प्रथम, मनिष गुरुङले दोस्रो, अनिल थापा मगर तृतीय र युवराज खत्री र कुमार श्रीरिष मगरले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। प्रतियोगितामा ४८ जना विद्यार्थी सहभागी थिए । यसैगरि भाईस अफ वीएमजी सिजन–२ गायन प्रतियोगितामा समिक्षा थापा, बविन पुन, प्रिति परियार, मन्दिप पुन र कृष्टीना बस्नेतले आ–आप्mनो प्रतिभा प्रस्फुटन गरेका थिए।  विविध सांस्कृतिक कार्यक्रम र गत शैक्षिक सत्र २०७०÷७१ को पुरस्कार वितरण समेत गरिएको सो कार्यक्रमको संचालन शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए भने विद्यालयका प्राचार्य युबराज गुरुङले रजत महोत्सव अवधि भर भएका गतिविधि र शैक्षिक विकासका योजनाहरुका बारेमा जानकारी गराएका थिए।  विद्यालयले  आज सोमवार विशेष समारोह सहित रजत जयन्ती महोत्सव समापन गर्ने जानकारी दिएको छ ।



Post a Comment

 
Top