0
गोल्डेन न्यूज संवाददाता
एन्फा कास्कीको आयोजनामा पोखरा रगशालामा जारी स्वः बलराम स्मृति कास्की जिल्ला स्तरीय रेडबुल लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि एलजी एशोसिएशन र  संगम युवा क्लब बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा एलजीले ड्मामसाइड क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै फाइनल यात्रा पक्का गरेको हो । निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुवै टिमले  गोल गर्न नसकेपछि खेलको निर्णय टाइबे्रकर मार्फत लिइएको हो । टाइबे्रकरमा एलजीका तर्फबाट पेनाल्टी प्रहार गरेका प्रदिप गुरुङ, सूर्यमान मगर, आर्दश शाहीले गोल गरे भने अजित गुरुङको विपक्षी गोलरक्षकले बचाउ गरे । ड्यामसाइका तर्फबाट सिन्केमान तामाङले मात्रै गोल गरे भने रुपेश गुरुङ, सुनिल गिरीको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउ गर्दा  विमल गुरुङको प्रहार पोलमा लागेर बाहिरियो । दोस्रो तथा अन्तिम सेमिफाइनलमा संगमले सत्ययुवा क्लबलाई ३–० को फराकिलो अन्तरले पाखा लगाउँदै  फाइनलमा एलजीसंगको भेट पक्का गर्यो । 
एलजीको जितमा विमल रानाले दुई  गोल गरे भने मिलन गुरुङले एक गोल गरे । सत्ययुवा क्लबले गोल गर्ने प्रयास गरेपनि असफल हुदाँ फाइनल पुग्ने चाहाना सफल हुन सकेन् । अव उपाधिका लागि सोमबार एलजी र संगम वीच दिउसो १ बजे प्रतिस्पर्धा हुने एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए ।  





Post a Comment

 
Top