0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ लेखनाथले ईन्टरनेशनल लायन्सका निवर्तमान अध्यक्ष जोसेफ जो प्रिस्टनलाई स्वागत गरेको छ। लेखनाथको सामुदायिक लायन्स अस्पतालमा आयोजित कार्यक्रममा स्थानीय आमा समूह, नव सनत दुर्गा निमाविका विद्यार्थी तथा लायन्सका पदाधिकारीहरुले प्रिस्टनलाई स्वागत गरेका थिए । ईन्टरनेसनल लायन्सले केही वर्ष असघ अस्पताललाई आवश्यक  सामाग्री खरिद गर्नका लागि ७५ हजार अमेरिकी डलर प्रदान गरेको थियो । यसबर्ष मातृशिशु स्वास्थ्य तथा प्रसुति गृहका लागि आवश्यक पर्ने सामान खरिदका लागि ईन्टरनेशनल लायन्सले सहयोग गरेको र उक्त योजनाको अनुगमन गर्न जोसेफ लेखनाथ पुगेका थिए । लायन्स क्लव अफ लेखनाथका प्रथम उपाध्यक्ष नवराज खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा ईन्टरनेशनल लायन्स क्लबका निर्देशक सञ्जय खेतानले सहयोगको आवश्यकता र सामुदायिक लायन्स अस्पतालका संस्थापक अध्यक्ष डाक्टर कालु शर्माले अस्पतालको वर्तमान आवस्था र अस्पतालको भौतिक तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । यसअघि जोसेफ जो प्रिस्टनले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण हुन लागेको हट केयर सेन्टर र माटेपानीको लायन्स सर्भिस सेन्टरको समेत अनुगमन गरेका थिए ।











Post a Comment

 
Top