0
गोल्डेन न्यूज संवाददाता
पोखरामा हुने विश्व तेक्वान्दो प्रतियोगिताको तयारी तीब्र पारिएको छ । कोरिया स्थित विश्व तेक्वान्दो मुख्यालयको सहयोग तथा नेपाल तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयुक्त आयोजनामा फागुन १५ देखि १७ गतेसम्म ‘पोखरा विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता ’ हुन लागेको हो । फाल्गुन तेस्रो सातादेखि संचालन हुने प्रतियोगिताको लागि सय भन्दा बढी खेलाडीले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दक्षिण एसियाका सबै देश र मलेसिया तथा इन्डोनेसियाले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा नेपाल सहित २० देशका १ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको लागि नेपाल तेक्वन्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा अध्यक्ष तथा कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष जगन गुरुङ सचिव रहेको मूल आयोजक समिति गठन गरिएको छ । सन् १९७२ वाट कोरीयामा लगातार हुँदै आएको हन्मादाङ्ग पहिलो पटक कोरिया बाहिर पोखरामा आयोजना गर्न लागिएको हो ।





Post a Comment

 
Top