0
गोल्डेन न्यूज संवाददाता
टप्स उच्च मावि र माउण्ट अन्नपूर्ण उच्च मावि दोहोरो उपाधिका लागि भिड्ने भएका छन । पोखरा रंगशालामा जारी १३ औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको छात्र तथा छात्रा तर्फको फाईनल खेलमा उपाधिको लागि शुक्रबार भिड्ने भएका हुन् । बिहीबार छात्रतर्फ भएको पहिलो सेमिफाईनल खेलमा टप्स उच्च माविले लिटिल स्टेप उच्च माविलाई ५२÷३७ को स्कोरले पन्छाउदै फाईनलमा यात्रा बनायो । टप्सको जितमा कजन गुरुङले १७ स्कोरको योगदान दिए । दोश्रो सेमिफाईनल खेलमा माउण्ट अन्नपूर्णले डाईमण्ड उच्च माविलाई ४६÷२० को स्कोरले पन्छाउँदै फाईनलमा यात्रा तय गरेको हो । माउण्ट अन्नपूर्णको जितमा महेन्द्र पुुनले १६ स्कोरको योगदान दिए । त्यसै गरी छात्रातर्फ भएको पहिलो सेमिफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्णले ग्लोवल कलिजियट उच्च माविलाई १९÷१६ को स्कोरले पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो । माउण्ट अन्नपूर्णको जितमा मनिसा पुनले ७ स्कोरको योगदान दिईन। अर्को खेलमा टप्सले लिटिल स्टेप उच्च माविलाई २०–५ को फराकिलो स्कोरको अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । टप्सको जितमा ममता थकालले १२ स्कोर गरेकी हुन । प्रतियोगिताको शुक्रबार बिहान तेश्रो स्थानको लागि र दिउँसो फाईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।





Post a Comment

 
Top