0
गोल्डेन न्यूज संवाददाता
पूर्व मन्त्री उत्तम पुनले नेपालको संविधानमा पुन जाति र समुदायको सूचिकृत गर्ने तयारी अगाडि बढेको भन्दै पुन समुदाय नेपालको हरेक क्षेत्रमा आगाडि रहेको दावी गरेका छन् । भूतपूर्व सैनिक संगठन पुन समुदाय नेपालद्वारा आयोजित ओपन वास्केटबल प्रतियोगिताको अन्तिम दिन पुनले खेलको माध्यमबाट एकतालाई बलियो बनाएको बताए । नेपाली काँग्रेसकी नेतृ एवं सासद शारदा पौडेलले खेलको एकता विश्वमै सकारात्मक भएको भन्दै पुन समाजलाई रचनात्मक कार्यमा सधंै निरन्तरता दिन आग्रह गरिन् । समाजका अध्यक्ष क्याप्टेन रवीन्द्र गर्वुजाको अध्यक्षतामा विहीबार सम्पन्न प्रतियोगितामा १० टिम युवा र ७ टिम प्रौढ समूह सहभागि भएका थिए । समापनका अवसरमा राप्रपा नेपालका कास्की अध्यक्ष जयलाल पुनले ७ लाखको संख्यामा रहेको पुन समूदायको उत्थान र विकासकोलागि प्रतिवद्ध रहेकको उल्लेख गरे । पुन समाजका बरिष्ठ उपाध्यक्ष खिमन शेरपुजाले पहिचान बोकेको मेला बाहेक अन्य मेला आयोजना नगरी २१ औंं शताव्दीको नागरिक बन्न सक्नुपर्नेमा जोड दिएका थिए । पुन समाजले विभिन्न सांस्कृतिक कार्यक्रमकाबीच रमाईलो नृत्य तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । समाजले नगद ५ हजार भन्दा वढि सहयोग गर्ने, लोक नृत्य मार्फत मनोरञ्जन प्रदान गर्ने, प्रविधिक पक्षलाई जोड दिँदै डाक्टर, इन्जिनियरलाई समेत सम्मान गरिएको समाजका सचिव बुद्धिबीर पुनले जानकारी दिए । पुन समाजले आयोजना गरेको उक्त खेल प्रतियोगिताका बीचमा पुख्यौली थलो गिद्धेश्वर प्राथमिक विद्यालय लेखकोट पर्वतबाट पुख्यौली नाच प्रस्तुत, विग आइकनमा टप लिष्टमा परेकी अम्विका पुन, नव प्रतिभा मायाँ पुनलाई सम्मान गरिएको थियो । कार्यक्रममा नन्दबहादुर गर्वुजा पुन, समाजका अगुवा तथा खेलाडीहरुले बोलेका थिए ।



Post a Comment

 
Top