0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट जोमसोम उडेको तारा एयरको नयाँ र अत्याधुनिक जहाज म्याग्दीको सोली घोप्टेमा बुधबार दुर्घटनामा प¥यो । चालक दलसहित २३ यात्रु बोकेको जहाज दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको छ । अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांक अनुसार नेपाली आकाशमा भएको यो जहाज दुर्घटना ५९ औं नम्बरमा पर्छ । यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरु नेपालले बेहोरिसकेको छ । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । यतिमात्र होइन, एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा साना ठूला गरी ५९ हवाइ दुर्घटना भइसकेका छन् । यी दुर्घटनाबाट ७३७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकमा हेलिकप्टर र अल्ट्रालाइट दुर्घटना समावेश गरिएको छैन । पहाड र हिमालसहितको भौगोलिक मुलुक भएको हुँदा नेपालमा धेरै हवाइ दुर्घटना हुने गर्छन् । नेपालमा हवाइ दुर्घटनाको इतिहास डरलाग्दो छ । पछिल्लो समय दूर्घटना केही घटे पनि रोकिएको छैन । हवाइ दुर्घटनाको विषयलाई लिएर युरोपेली यूनियनले नेपाली उड्डयन क्षेत्रलाई तीन वर्षदेखि कालो सूचिमासमेत राखेको दुःखद स्थिति छ । नेपालमा पहिलोपटक विसं. २००३ वैशाख २५ गते पहिलोपटक हवाइ दुर्घटना भएको थियो । रोयल फोर्सको उक्त जहाजमा १४ जना सैनिक र २ जना पाइलट रहे पनि मानवीय क्षति भएको थिएन । दोस्रोपटक २०१२ भदौ १४ गते कलिंगा एयरको कार्गो विमान सिमरामा दुर्घटनाग्रस्त हुँदा मानवीय क्षति भएको थियो । उक्त दुर्घटनामा ३३ जनामध्ये १५ जनाको निधन भएको थियो । त्यसपछिका अधिकांश दुर्घटनामा मानवीय क्षति हुँदै आएको छ । नेपालमा सन् १९९९ मा एकै वर्ष चारवटा हवाइ दुर्घटना भएको थियो । चारवटा दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए । एउटै वर्षमा दुईवटा हवाइ दुर्घटना भएका धेरै उदाहरण छन् । नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदन बताउँछन् ।

नेपालमा विमान दुर्घटनाको इतिहास
१. सन् १९७२ १० मे मा थाई एयरवेजको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवेमा दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको थियो ।
२.सन् १९९२ ३१ जुनमा थाई एयरवेजको विमानस्थाल त्रिभुवन विमानस्थलमा आउने क्रममा पहाडको डाँडोमा ठोकिन्दा ११३ जना यात्रुको मृत्यु भएको थियो ।
३. सो दुर्घटना भएको ५९ दिनपछि फेरी थाई एयरवेजकै विमान दुर्घटना भयो ।सन् १९९२ सेप्टेम्बर २८ मा भएको सो दुर्घटनामा परेर १६७ जना यात्रुले ज्यान गुमाएका थिए  ।
४.१७ जनावरी १९९५ आरएनएसी (अहिलेको नेपाल वायु सेवा निगम) को ट्विनेटर विमान विमानस्थलमै प्राविधिक गडवढीका कारणले गर्दा दुर्घटना भएको थियो । काठमाडौंबाट रुम्झाटार जान लागेको – विमानमा प्राविधिक गडबडी भएपछि चालक दलका सदस्य र १ जना यात्रु गरी दुई जनाको मृत्यु भएको थियो ।
५. ५ सेम्टेम्बर १९९९ नेकोन एवरको विमान पोखराबाट काठमाडौं आउने क्रममा नेपाल टेलिकमको टावरमा ठोकिँदा १५ जनाको मृत्यु भएको थियो।
६. २४ अगष्ट २०१० अग्नी एयरवेजको विमान वर्षाको कारणले गर्दा काठमाडौंदेखि ८० किलोमिटर टाढा मकवानपुर जिल्लाको शिखरपुर भन्ने ठाउँमा दुर्घटना हुँदा चालक दलका ३ सहित ११ जनाको मृत्यु भएको थियो । जसमा ६ जना विदेशी नागरिक पनि मारिएका  थिए ।
७. १५ डिसेम्बर २०१० मा तारा एयरवेजको ट्विनेटर विमान लामिडाँडा विमानस्थलबाट काठमाडौं आउने क्रममा दुर्घटना हुँदा  ३ जना चालक दलरका सदस्य सहित १९ जना यात्रुको मृत्यु भएको थियो । सो विमानमा चालक दलका सदस्य बाहेक अन्य सवै भुटानी नागरिक थिए ।
८. २५ सेप्टेम्बर २०११ बुद्ध एअरको बीचक्राफ्ट विमान राजधानी नजिकै ललितपुरको एउटा पहाडमा ठोक्किएर दुर्घटना विमान सवार १९ यात्रुको मृत्यु भएको थियो ।
९. ललितपुरमा दुर्घटनामा भएको ८ महिना वित्न नपाउँदै फेरी अर्को दुर्घटना भयो । २०६९ जेठ १ मुस्ताङको जोमसोममा अग्नी एअरको विमान दुर्घटना भयो। दुर्घटनामा नेपाल र भारतका गरि १५ जनाको मृत्यु, ६ जना घाइते भएका थिए । जोमसोम विमानस्थलमा अवतरण हुन नसकेपछि फर्कने क्रममा सेनाको व्यारेक माथिको डाँडाँमा ठोक्किएर विमान दुर्घटना भएको थियो ।
१०. नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान विसं २०७० फागुन ४ मा दुर्घटना भएको हो । उक्त विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ स्थित मसिने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी त्यसमा सवार सबै (१८ जना)को मृत्यु भएको थियो  । जहाजमा १५ यात्रु र चालक दलका सदस्य तीनसहित १८ जना थिए । पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो उडेको ९एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो ।
१०. २०७२ फागुन १२ मा तारा एयरको विमान दुर्घटना, विमानमा सवार २३ जनाको नै दुर्घटनास्थलमा मृत्यु ।
साभार ः नेपाल सन्देश




Post a Comment

 
Top