0
गोल्डेन न्यूज संवाददाता
मगर चलचित्रकी नायिका समेत रहेकी पोखरा–१५, नयाँगाउँ, ऋषिमार्गनिवासी १९ वर्षीया नेहा पुन मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परेपछि सो हत्याको चौतर्फी विरोध भएको छ । बलात्कार प्रयासपछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल नेहाका हत्यारालाई कार्बाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरले भरिएका छन् । यसैक्रममा नेपाल मगर संघ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुन हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्णबहादुर रानामगरले बुधबार एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडा भन्दा कडा कार्बाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासन समक्ष कडा कार्बाहीका लागि जोडदार माग गर्दछौं ।’ हत्याको यस घटनाले सम्पूर्ण कस्केली नागरिकले असुरक्षित महसूस गरेको भन्दै विज्ञप्तिमा हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन र शान्ति सुरक्षाको वातावरण मजबूत बनाउन माग समेत गरिएको छ । त्यस्तै, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरले पनि बुधबार एक विज्ञप्ति प्रकाशित गरी नेहाका हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कार्बाही गर्न माग गरेका छन्। नेहाको हत्याको घटनाले आम नागरिकमा त्रास निम्त्याएको भन्दै विज्ञप्तिमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसमक्ष जोडदार माग गरिएको छ । यसैबीच अखिल नेपाल महिला संघले पोखरामा भएका दुई छुटटा–छुटटै महिला हत्याको घटनाप्रति निन्द एंव भत्सना गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आकाश ढाकेको महिला शक्तिले समाजमा विभिन्न खाले हिंसाको सिकार भैरहेका बेला पोखरामा दुई महिलाको हत्या भएको प्रति भत्सना गदै दोषिलाई कडा कार्बाही गर्न माग गरेको हो । यसैगरी पोखरा उपमहानगरपालिका वडा न. ७ मा डेरा गरि बस्ने ४० वर्षीया सरस्वती लिम्वु र पोखरा उपमहानगरपालिका वडा न.१५ बस्ने १९ वर्षीया नेहा पुनको निर्ममतापूवर्क हत्या गरिएको घटनाप्रति घोरभत्सना गदै यस्ता पासविक, अमानविय घटनाको छिट्टो भन्दा छिट्टो छानविन गरि अपराधमा संलग्नाहरुलाई कडा कार्वाही गर्न अखिल नेपाल महिला संघ कास्कीले आग्रह गरेको छ । अध्यक्ष मञ्जु गुरुङद्वारा जारी विज्ञप्तिमा हत्यामा सम्लग्नलाई  खोजी गरि कडा भन्दा कडा सजाँयको माग गरिएको छ । साथै महिलामाथि हुने यस्ता  जघन्य अपराधमा सलग्नलाई कार्वाहीको दायरामा ल्याएर निर्वाध रुपमा हिंड्डुल गर्न सक्ने वातावरण सृजना गर्न प्रशासनसंग जोडदार माग गर्दछांै विज्ञप्तिमा भनिएको छ ।





Post a Comment

 
Top