0
गोल्डेन न्यूज संवाददाता
पोखराको मासबारस्थित स्टेप वाई स्टेप उच्च मा.वि. मा जारी  स्पोर्टस् मिर्ट बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा छात्र भलिबल, हिसाब दौड, टेबल टेनिस र हेन्ड बल, सटपुट, बास्केटबल लगायतका खेलहरू खेलाइएका छन् । छात्र भलिबलतर्फ अजित सुनार, जोन के.सी., दिक्षित गौतम, युकेश गुरुङ, निकास गुरुङ, विज्ञान पौडेल, प्रशन्न पराजुली र आयुष बाटाजु रहेको ग्यालिलियो सदन प्रथम हुन सफल भएको छ । यस्तै  प्रकाश खड्का, विमल जि.सी., प्रताप खड्का, सुशील बरुवाल, सफल के.सी., विसन भण्डारी, विवेक के.सी., सुशान्त तिमिल्सिना  र सौगात तिमिल्सिना रहेको मार्कोनी सदनले द्वितीय स्थानमा नै चित्त बुझाएको छ ।
यसैगरी हिसाब दौडतर्फ कक्षा ३ छात्रबाट राहुल पाण्डे प्रथम, मोहम्मद असिफ द्वितीय र आयुष गुरुङ तृतीय हुन सफल भएका छन् भने छात्रातर्फ सृष्टि गोर्खाली प्रथम, रोश्नी पाठक द्वितीय र बिजिता पौडेल तृतीय भएका छन् । त्यस्तैगरी कक्षा ४ छात्रतर्फ वैभव पराजुली प्रथम, किसन सोनी द्वितीय र दिक्षान्त राज थापा तृतीय भएका छन् भने छात्रातर्फ सजना थापा मगर प्रथम, आयुषा बराल द्वितीय र इच्छा शर्मा तृतीय हुन सफल भएका छन् । त्यसैगरी कक्षा ५ छात्रतर्फ प्रमेश न्यौपाने, क्षितिज बराल र शिव पौडेल क्रमश ः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ युनिशा बराल प्रथम, सबिना बि.क. द्वितीय र प्रिन्सा बराल तृतीय हुन सफल भएका छन् ।छात्रा टेबल टेनिसमा कक्षा ६ र ७ बाट पूर्णिमा गुरुङ प्रथम, अश्लेषा घिमिरे द्वितीय र बिनिता गुरुङ तृतीय भएका छन् भने  छात्रतर्फ कुशल क्षेत्री प्रथम, विविध गुरुङ द्वितीय र विश्वास पौडेल तृतीय हुन सफल भएका छन् । कक्षा ८ र ९ बाट छात्रातर्फ जिना परियार प्रथम, मेनुका लुइँटेल द्वितीय र मेनुका ठकुरी तृतीय भएका छन् । माध्यमिक तहको छात्र टेवल टेनिसतर्फ अमिस ढकाल प्रथम, प्रकाश खड्का द्वितीय र एन्ड्रयु नवाङ तृतीय हुन सफल भएका छन् । त्यस्तै प्राथमिक तहको हेन्ड बलको छात्रातर्फ आइन्सटाइन हाउस प्रथम हुन सफल भएको छ भने ग्यालिलियो हाउसले द्वितीय स्थानमै चित्त बुझाउनु परेको छ । छात्रतर्फ पनि आइन्सटाइन हाउस प्रथम हुन सफल भएको छ भने मार्कोनी हाउस द्वितीय भएको छ ।निम्न माध्यमिक तहको २०० मिटर दौडको छात्रतर्फ निराजन शाही, अनिल न्यौपाने, कुशल क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रा तर्फ सुस्मीता रसाइली, बर्षा चोखल, विनिता गुरूङ्ग र अषलेशा घिमिरे क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।मध्यमिक तहको छात्र सटपुट तर्फ प्रकाश खड्का प्रथम, सुजन पौडेल द्वितीय र निकास गुरूङ्ग तृतीय हुन सफल भएका छन् ।माध्यमिक तहको २०० मिटर दौडको छात्रतर्फ सुमन पौडेल, विकल सुवेदी, अशिम कुमाल, क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रा तर्फ मोनिका क्षेत्री, सजिना बराल, शृष्टी भण्डारी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । त्यसैगरी बास्केटबल छात्रतर्फ प्रकाश खड्का, प्रताप खड्का, सुमन पौडेल, बिकल सुबेदी, प्रदीप शर्मा, सिजन लामिछाने, सुशान्त तिमिल्सीना र विसन भण्डारी रहेको मार्कोनी सदन प्रथम हुन सफल भएको छ भने युकेश गुरुङ, निकास गुरुङ, दिक्षित गौतम, जोन के.सी., विविध गुरुङ, विज्ञान पौडेल, अजित सुनार र मनिष भण्डारी रहेको ग्यालिलियो सदनले द्वितीय स्थानमा नै चित्त बुझाउनु परेको छ । प्रतियोगितामा खेलकुद शिक्षक बिमल गुरुङ, शिक्षक बम बहादुर थापा, राधाकृष्ण आचार्य, मेघनाथ गिरी, रामचन्द्र शर्मा, निरज नारायण मल्ल र श्रीधरी दवाडीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Post a Comment

 
Top