0
गोल्डेन न्यूज संवाददाता
गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफनो नाम लेखाउन सफल भएका हाल नेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगरको स्वास्थ्यमा समस्या देखिए पछि हाल उनको उपचारको लागि हस्पिटलमा भर्ना गरीएको छ । बुधबार विहान ४ बजे देखि खगेन्द्रले वान्ता गरी पखला चल्न थालेपछि उनको हाल पोखरा नागढुंगा स्थित फेवासिटि हस्पिटलमा भर्ना गरी उपचार भइ रहेको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुुर रानाले बताए । खगेन्द्रको उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए । उनले भने–‘खगेन्द्रको स्वास्थ्य अवस्था केहि समस्या भएकोले ३÷४ दिन हस्पिटलमै भर्ना गर्नुपर्छ ।’ खगेन्द्रलाई ईन्फेक्सन देखिएकोले चिकित्सकको निघरानीमा राख्नु पर्ने भएकोले पनि केहि दिन हस्पिटलमा राख्नु परेको डा. न्यौपानेले जनाए । संक्रमण ईन्फेक्सन न्यूनतम ४ हजार देखि १० हजारसम्म हुनु पर्नेमा उनको स्वास्थ्य रिपोर्टको आधारमा हाल २३ हजार १ सय संक्रमण ईन्फेक्सन देखिएको डा.प्रविन श्रेष्ठले बताए । खगेन्द्रको शरीरमा पानीको मात्रा समेत कम भएको कारणले गर्दा वान्ता र पखला चलेको हुन सक्ने उनले बताए । खगेन्द्रलाई हाल सलाइनपानी चढाईएको छ । हस्पिटलमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ । बिहान ४ बजे देखि निरन्तर वान्ता र झाडापखला भएकोले खगेन्द्रको उपचारको लागि हस्पिटलमा ल्याएको उनका बाबु रुपबहादुर थापा मगरले बताए । यस अघि देखि निरन्तर रुपमा फेवा सिटी हस्पिटल एवं डा. होमप्रसाद न्यौपानेले खगेन्द्रको स्वास्थ्य परीक्षणमा निशुल्कः रुपमा परीक्षण गराउँदै आएका छन् । २०६३ सालमा बागेखराका मिनबहादुर रानाको पहलमा पोखरा आएका खगेन्द्र परिवार हाल पोखराको सृजनाचोक क्षेत्रमा भाडामा बस्दै आएका छन ।



Post a Comment

 
Top