0
गोल्डेन न्यूज संवाददाता
 नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा पोखरामा नयाँ नेतृत्व चयन भएको छ । मंगलवार सम्पन्न नवौं अधिवेशन मार्फत संघको अध्यक्षमा डिल्लीराम गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरूङ, द्वितीय उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, महासचिवमा सुवास भण्डारी, सचिवमा ऋषिराम पौडेल, कोषाध्यक्षमा हरिराम अधिकारी र सह–कोषाध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष र सचिव सर्वसम्मत भएका हुन् । सदस्यहरुमा ध्रुवजित कुँवर, कुलचन्द्र शर्मा, नवराज अधिकारी, प्रदिप काफ्ले, कमला गिरी, राजेश पहारी, प्रेम सुवेदी चयन भएका छन् । निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठ सहित संघको कार्यसमिति १५ सदस्यीय हो । कार्यसमितिको कार्यकाल दुई बर्षे हुनेछ ।

Post a Comment

 
Top