0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देशमा राजनीतिक क्रान्ति सफल भइसकेका कारण अब आर्थिक समृद्धिका लागि एजेन्डा बनाएर अघि बढ्नु वर्तमानको आवश्यकता भएको बताएका छन्। नेकपा एमालले देशव्यापी रुपमा सञ्चालन गरेको संविधान कार्यान्वयन र राष्टिू« एकता सुदृढीकरण अभियान, २०७२ अन्तर्गत पोखरा नगर समन्वय कमिटीद्वारा आयोजित नगरस्तरीय कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै उनले  नेपालको नयाँ संविधान समावेशीता, समानुपातिक लगायतका दृष्टिबाट उत्कृष्ट रहेको बताउँदै उनले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिए । उनले संविधानमा उल्लेखित विषयलाई जनस्तरसम्म पु¥याउन सङ्गठित तबरबाट क्रियाशील बन्न कार्यकर्तालाई आग्रह गरे । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्ता सङ्गठित बनेर लाग्नुपर्ने र समृद्धिका लागि उत्पादन, निर्माण र व्यावसायिक अभिवृद्धि अपरिहार्य हुने उल्लेख गरे । नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य एवम् गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्माले पार्टीको महाधिवेशनले निर्धारित गरेका नीति तथा कार्यक्रमलाई जनताले अनुभूति गर्ने तबरबाट समाजको तल्लो तहसम्म पु¥याउनुपर्ने बताए । नेकपा एमाले सल्लाहकार परिषद्का सदस्य खगराज अधिकारीले एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको नीतिअनुसार देश वर्तमान अवस्थासम्म आइपुगेको बताए । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाले संविधानले प्रत्येक वर्ग र समुदायका अधिकारलाई सुनिश्चित गरेको बताउँदै पार्टीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने भएको जानकारी दिए । कार्यक्रममा पोखरा नगर समन्वय कमिटीका संयोजक तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य दानबहादुर बानियाँ, जिल्ला कमिटी सदस्य कृष्ण न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रशिक्षणमा पोखरा नगर क्षेत्रका तीन सयभन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । नेकपा एमालेले शनिबार नैै लेखनाथ नगर कमिटीको कार्यकर्ता प्रशिक्षण पनि सम्पन्न गरेको छ ।



Post a Comment

 
Top