0
गोल्डेन न्यूज संवाददाता
प्यासेफिक एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा शनिबार देखि पोखरामा सञ्चालन आएको छ ।  विशेषगरी अष्ट्रेलिया  अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आइएलटीएस, टफल पीटीइका कक्षाको साथमा भिसा प्रोसेसिङ र काउन्सेलिङ गरिने पोखरा शाखा प्रमुख सर्घष कोइरालाले बताए । यस्का अलावा अमेरिका तथा युरोपियन मुलुकमा अध्ययन गर्न जान चाहनेहरुको लागि तयारी कक्षाका साथमा भिसा प्रोसेसिङ र काउन्सेलिङ गरिने उनको भनाइ छ । मानवअधिकारचोक चिप्लेढुङ्गा मा रहेको सुनौलो भवनमा कार्यालय रहेको शाखाको उद्घाटन सुनौलो पब्लिकेशन प्रालिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति गंगाधर पराजुलीले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा बोल्दै पराजुलीले प्यासेफिक एजुकेशन कन्सल्टेन्सीले विदेश पढ्न जाने विद्यार्थीलाई राम्रो सेवा दिनेमा आफु विश्वस्त रहेको बताए । कम शुल्कमा गुणस्तरीय पढाइ हुने कलेजमा विद्यार्थी पढाउन संस्थाले पहल गर्नुपर्र्नेे भन्दै विदेश जानेहरुलाई सिप सिकेर मात्र जान उनको सुझाव थियो । कार्यक्रममा कामना विकास बैकका अध्यक्ष राजेन्द्रनिधि कोइराला, सामुदासयक जागरणका लागि हाम्रो अभियान ओक्काका अध्यक्ष शकुन्तला कोइराला, अष्ट्रेलिया शाखा प्रमुख विकास केसी, काठमाडांै शाखा प्रमुख सुशिल थापा, पोखरा शाखा प्रमुख सर्घष कोइराला, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।





Post a Comment

 
Top