0
गोल्डेन न्यूज संवाददाता
पर्वत भुकताङ्ले स्थित ताङ्ले पंगीलामा भाइ समाजले चेलीवेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न ग¥यो । समाजले नयाँवर्ग (प्रल्होछार) को अवसर पारेर प्रत्येक माघ महिनामा सम्पन्न गर्दै आएको भेटघाट तथा सम्मान कार्यक्रम शनिबार ताङ्लेकोट समाज भवन पोखरा–१५ नयाँ गाउँमा आयोजना गरिएको थियो । कार्यक्रममा समाजमा आवद्ध सदस्यहरुको परिवार नै सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी खर्कसिङ्ग गुरुङले यस वर्षको भोज प्रायोजकद्वय श्रीमान÷श्रीमती लछिनप्रसाद÷ लछिनकुमारी गुरुङ र इन्स्पेक्टर कृष्णबहादुर÷शोभा गुरुङलाई सम्मान गर्दै सम्पूर्ण दाजुभाइ मनका धनी हुन आवश्यक रहेको बताए। गएका वर्षहरूमा भोज प्रायोजन गर्ने कुमार गुरुङ, बलबहादुर गुरुङ, देवबहादुर गुरुङ, होमबहादुर गुरुङ, शान्त गुरुङ, विक्रम गुरुङलाई पनि प्रमुख अतिथिले सम्मान गरेका थिए। साथै सोही समारोहमा ले. सनबहादुर गुरुङ, समाजसेवी निरन गुरुङ, समाजका ८० वर्ष माथिका बाबाआमा, चेलीवेटी र ज्वाईँ, २०७१ सालको एसएलसी, १० जोड दुई, बीबीएस उत्तीर्ण छोराछोरीलाई सम्मान गरेको थियो। सम्मान रामु तमुले पनि गरेकी थिइन । भर्खरै वैवाहिक जीवनमा प्रवेश गरेका किरण÷समिक्षा गुरुङ दम्पत्तिलाई पनि बधाई ज्ञापनसमेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष इन्स्पेक्टर कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष इन्स्पेक्टर कृष्णबहादुरले मुलुकको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आफूहरु लामो समय बेलायत अमेरिका बसेर नेपाल फर्किएको भएपनि पुनः उतै फर्किन मन लाग्न थालेको बताए । 
 ताङ्ले पंगीलामा भाइ समाज २०५७ सालमा स्थापित बताइन्छ । समाजको संस्थापक अध्यक्ष रणबहादुर गुरुङ रहेका थिए । समाजले समाज भित्रका सबै सदस्यको सुख र दुःखमा सहयोग गर्दै आएको सचिव रामप्रसाद गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top