0
गोल्डेन न्यूज संवाददाता
पोखरा १८ माघ ।
नेपाली कांग्रेस पोखरा उपमहानगर कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिमध्ये सभापति पदको मतगणना आइतबार राति सकिएको भएपनि सदस्यहरुको मतगणना सोमबार दिउसोमात्र सकिएको हो । सभापति पदमा २ हजार ४ सय ४५ मत प्राप्त गरि बजिरमान श्रेष्ठ विजयी भएका थिए भने उनका प्रतिद्वन्दी विमलबहादुर कार्कीले १ हजार ८ सय ७२ मत प्राप्त गरेका थिए । नगर कार्यसमितिको सचिवमा सरोज नारायण बराल र कोषाध्यक्षमा सुनिल गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।
कार्यसमितिको सदस्य पदमा विजयी हुनेहरुमा रामजी कोइरालाले २५६५, सुभास कोइरालाले १९२६, भवसागर बरालले १८३८, निलम बाटाजूले १८०१, हेमराज बरालले १७८५, सुरेन्द्रमान विजुक्छेले १६६९, इन्दिरा थापाले १६५४ र सुवर्णजंग केसीले १३१७ मत प्राप्त गरेका थिए । कार्यसमितिको आठ सदस्य पदका लागि २२ जनाले उम्मेदवारी दिएकोमा अन्य उम्मेदवारहरु भने विजयी हुन सकेनन् । जसमध्ये कृष्ण प्रसाद पौडेलले १०४१, कृष्णप्रसाद श्रेष्ठले १०४८, गणेश बस्नेतले ११२४, गोविन्दराज पराजुलीले ११८९, टंकप्रसाद भण्डारीले ५५४, टीकाराम
(सन्तोष) पौडेलले १०५३, दीक्षा शर्मा अधिकारीले ८८६, बद्रीबहादुर थापाले १११६ र रविन कायस्थले १०८८ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत रमेश भट्टराईले गोल्डेन न्यूज दैनिकलाई बताए ।
यसैगरी लक्ष्मी बास्तोलाले ११३९, लक्ष्मी लामिछानेले ७७२, शिवप्रसाद बरालले ९९०, श्रीराम बरालले ११८२ र सोमकला पराजुलीले ९३७ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवारहरुलाई निर्वाचन अधिकृत भट्टराईले सोमबार नै प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैबीच नगर निर्वाचनमा विजयी पदाधिकारी एवं सदस्यहरुलाई नेपाल महिला संघले सोमबार नै एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गरेको थियो ।

Post a Comment

 
Top