0
नेपाली भाषा र गुरुङ भाषाका आधा दर्जन बढि चलचित्रमा नायिकाको रुपमा काम गरेर नायिका साथै
गायिकाको रुपमा स्थापित मिरा गुरुङले अहिले आफ्नो प्रतिभा अमेरिका रहेर थप उजागर गरिरहेकी छन् । मिराको अभिनय र गायनका कारण अमेरिका मा रहेका कला र संगितका पारखीहरु प्रभावित बनेका छन् । मिराको शालिन स्वभाव र सुन्दर मुहारले उनको प्रतिभा र सम्भावनालाई अझै प्रतिक्षा गरिरहेको छ । विगत ३ वर्ष देखि अमेरिका रहेकी मिरासामु केहि चुनौतीहरु प्नि छन् तर अभिनय र नेपाली सँस्कृति प्रति गर्व गर्दै निरन्तरता  दिईरहेकी छन् ।
२०४२ सालमा तनहूको क्यामीनमा खड्क बहादुर र तकमाया को सन्तानको रुपमा जन्मिएकी मिराको नयाँ गिती एल्बम् छिटै बजारमा आउँदै छ । उनलाई लोकदोहोरीका राजकुमार मानिने विमल डागिले नयाँ गिती एल्बम्मा साथ दिएका छन् । १ सन्तानकी आमा बनेकी मिराले आफ्नो छोरी नगमा लाई कुनै कमि नहोस् भनि आफ्नो समय व्यवस्थित गरिरहेकी छन् । बाल्यकाल देखि नै गायन अभिनयमा र नृत्यमा रुचि राख्ने मिराले  आफ्नो सफलताको श्रेय आफ्नै आमालाई दिन चाहन्छिन् ।
नेपाली सुगम संगितमा नयाँ पुस्ताका बादशाह जस्तै मानिने यम बरालसँग अमेरिकाको न्युयोर्क स्थित चौतारी रेष्टुरेण्टमा गित गाउँन पाउँदा उनी खुशि छन् । नेपाली सुगम संगित प्रति मिराको समर्पण छोरीको लागि समय र आफ्नो करिअर प्रति सजग रहेकी मिरालाई जान्नेहरुले अभिनय र नृत्य कलाको लामो दौडकी धावकको रुपमा लिने गर्दछन् ।
हालैमात्र मिलन लामाको शब्द संगितमा नग्मा नामक गिती एल्बम् बजारमा आएको छ । मिराले आफ्नी छोरीको नाम नग्मा बाट उक्त एल्बम् बजारमा ल्याएकी हुन् । मिलन लामा चर्चित गायक पनि हुन् । उनले गायको गित ‘माझि दाई पोखराको फेवातालको’, सररर मोटर गुड्यो हुुम्ला कालिकोटमा जस्ता  गित चर्चामा रहेका छन् ।

Post a Comment

 
Top