0
गोल्डेन न्यूज संवाददाता
 पोखराको सेती नहरमा एक महिलाको शब फेला परेको छ । पोखरा १३ दुई कुलाको मुहानस्थित नहरमा शब भेटिएको हो । प्रहरीका अनुसार पर्वत स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३५ बर्षीय जमुना सुवेदी मृत भेटिएकी हुन् । विहान पाँच बजे नहरको फोहोरसँगै अड्किएको अबस्थामा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिब ७ बजे नहरको पानी सुकाएर शब बाहिर निकालेको हो । विहान नियमित नहरको फोहोर उठाउने ब्यक्तिहरुले फोहोर संकलनको क्रममा शब देखेका थिए । मंगलवार राति खाना खाएर सँगै सुतेकी आमा विहान उठ्दा घरमा नदेखेको छोरी १५ बर्षीय रविना सुवेदीले बताईन् । मृतक जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् । आमा छोरी पोखरामा डेरागरी बसेका थिए । शब पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसअघि मंगलवार कास्कीको लेखनाथ स्थित बेगनासतालमा मृत भेटिएकी विदेशी महिलाको महिलाको अझै सनाखत हुन सकेको छैन ।








Post a Comment

 
Top