0
गोल्डेन न्यूज संवाददाता
शिवशक्ति उमावि फूलबारी पोखरा–११ मा समाजसेवी एवं खेलप्रेमी स्वर्गीय बलराम के.सी. स्मृति प्रतिष्ठान कास्कीले बलराम केसी स्मृति छात्रवृत्ति वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । विद्यालयको ५७ औं वार्षिककोत्सव को अवसरमा पुरस्कार वितरण एवं सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । छात्रबृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि शैक्षिक तालिम केन्द्र कास्कीका वरिष्ठ प्रशिक्षक केदारकुमार गिरीले बलराम केसीलाई कुनैपनि विधामा भुल्नै नसकिने बताएका थिए । स्वर्गीय बलराम केसी स्मृति प्रतिष्ठानको जस्तै भावना र योजना अगाडि बढे सामूदायिक विद्यालयको भविष्य उज्जवल भएको बताए । प्रतिष्ठानले कक्षा ११ मा अध्ययनरत विक्रम परियारलाई नगद १० हजारको छात्रबृत्ति वितरण गरिएको प्रतिष्ठानका सचिव रोहितराज बाँस्तोलाले जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम शर्मा बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शिक्षक रामचन्द्र बास्तोलाले सञ्चालन गरेका थिए । प्रतिष्ठानले स्वःबलराम स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिगकम नकआउट  फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको प्रतिष्ठानका सहसचिव किरण के.सि.ले जानकारी दिए । सो अवसरमा विद्यालयले सहयोगी चन्दादाता एवं स्थानीय समाजसेवीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा माधव प्रसाद बाँस्तोला ‘मधु’, दामोदर बाँस्तोला, रेवती बास्तोला, सरस्वती भण्डारी, कृष्ण आचार्य पोखरा–२१ काहुँ, रामकृष्ण बाँस्तोला(गोर्खाली), शिक्षक प्रतिनिधि गुरुप्रसाद तिवारी, उमाकान्त खनाल(सन्तोष) र युक्ता थापा सम्मानित भएको विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोलाले जानकारी दिए ।






Post a Comment

 
Top