0
राजाराम पौडेल
कास्की जिल्ला अदालतको आयोजनामा कास्की जिल्लाको पार्चे गाउँ विकास समितिको सिक्लेसमा न्यायिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । न्यायमा महिलाको पहुँच, घरेलु हिँसा, महिला हिँसा, यौन दुव्र्यवहार, पारिवारिक सम्पति विवाद लगायतका विविध विषयमा सिक्लेसवासीसँग अदालतले न्यायिक अन्र्तसंवाद कार्यक्रम गरेको हो । अन्तरसंवाद कार्यक्रममा स्थानियले उठाएका जिज्ञासा जिल्ला न्यायाधीश, स्रेस्तेदार र सरकारी वकिलले मेटाएका थिए । यसरी आफ्नै ठाउँमा जिल्ला न्यायाधीश समक्ष प्रश्न राखी खुल्दुली मेटाउन पाउदाँ स्थानीय उत्साहित देखिन्थे । कार्यक्रममा एकजना युवतीले भनिन्–‘हामीलाई केटाहरुले सिट्ठी बजाएर जिस्क्याउँछन यो कस्तो खालको हिँसा हो ?’ उनको छेउमा रहेकी युवतीले प्रश्न थपिन ‘मादक पदार्थ सेवन गरी बाटोमा हिँसात्मक व्यवहार गर्नेलाई कस्तो सजाय हुन्छ?’ उनको प्रश्न सकिन नपाउँदै फेरी अर्का व्यक्तिले सोधे ‘जातीय विभेद गर्नेलाई कस्तो सजाय हुन्छ ?’ यसरी एकपछि अर्को प्रश्न मार्फत आफ्ना मनका जिज्ञासा मेटाउन लालायित देखिएका स्थानीय युवती र आमा समूहका सदस्यका जिज्ञासा मेटाउनेक्रम सुरु भयो जिल्ला न्यायाधीशहरुबाट ।

कार्यक्रममा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीशहरु शेखरप्रसाद पौडेल अनन्तराज डुम्रे, नरिश्वर भण्डारी र नारायणप्रसाद दाहाल, अदालतका स्रेस्तेदार दिनबन्धु बराल, जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल, सहायक जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपाने, परशुराम पहारी पूनरावेदन अदालत बार एशोसिएशनका सचिव इन्द्रप्रसाद बरालले उनीहरुका जिज्ञासा मेटाएका थिए । जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण माविका प्रधानाध्यापक शेखरनाथ तिवारी, स्थानीय आमा समूहकी नौमाया गुरुङ, समाजसेवी गेहेन्द्र गुरुङ, एक्यापका अधिकृत नरेन्द्र लामा, प्रणयजंग राणा, जगन्नाथ यादव, शिक्षासेवी भिमराज गुरुङ लगायतले बोलेका थिए । तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी भई विभिन्न विषयमा जानकारी प्राप्त गर्न पाएकोमा विद्यार्थी तथा स्थानिय महिला बढि उत्साहित थिए ।  स्थानीय अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालयमा भएको कार्यक्रममा झण्डै एक सय जना स्थानीयको सहभागिता थियो । यसरी कास्की जिल्ला अदालतले परामर्श सेवा, बार बेन्च, स्थानीय निकायका सचिव र तामेल्दार, सरकारी वकिल र प्रहरी, सञ्चारकर्मी सँग अन्तत्र्रिmया, सरोकारवाला बीच अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरि न्यायमा जनताको सहज पहुँच पु¥याउने कार्य गर्दै आएको स्रेस्तेदार दिनबन्धु बरालले बताए ।

Post a Comment

 
Top