0
नेपाली काङ्ग्रेस वडा इकाई समिति पोखरा–१५ ले पार्टी सभापति एवं लोकतान्त्रिक आन्दोलनका योद्वा सुशिल कोइरालाको निधन भएकोमा दुःख व्यक्त गरेको छ। इकाई सभापति टोपबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनको निधनसँगै एउटा युगको समाप्ति भएको उल्लेख छ। साथै शोक विज्ञप्तिमा १३ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने  जनाइएको छ।यसैगरी नेपाली कांग्रेस निकट धादिङ–पोखरा सम्पर्क सदनद्वारा पनि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन प्रति दुःख व्यक्त गरेको छ । सदनका सभापति केदार धमलाले बुधबार एक शोक विज्ञप्ति जारी गर्दै उक्त दुःख व्यक्त गरिएको हो । यसैगरी नेपाली कांग्रेस कालिका गाउँ इकाइ समितिले पनि केन्द्रीय सभापति सुशिल कोइरालाको निधनप्रति दुःख प्रकट गरेका छन् । समितिका सभापति भानु ढकालले विज्ञप्ति जारी गरि कोइरालाको आत्माको चिर शान्तिको कामनाका साथै सबै जनतामा समवेदना प्रकट गरिएको छ ।

Post a Comment

 
Top