0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडि जेसीजले मंगलबार शाखा पदाधिकारी तालिम सम्पन्न भएको जनाएको छ । वर्ष सन् २०१६ का पदाधिकारीहरुलाई पदीय जिम्मेवारी, गोपनियता तथा काम कर्तव्य अधिकारको बारेमा तालिम दिईएको लेडि जेसीजका अध्यक्ष प्रमिला सुवेदीले जानकारी दिईन् । जेसीजले नयाँ कार्य समिति चयन भएपछि प्रत्येक वर्ष तालिमको आयोजना गर्दै आएको छ । प्रमुख प्रशिक्षक जेसीजका पूर्व अध्यक्ष सुचित्रा थापाले प्रशिक्षण दिँदै १ वर्षे कार्यकालमा के गर्ने, आफ्नो भूमिका र कार्यक्रम वारेमा प्रस्ट नीतिका आधारमा अगाडि वढ्न सुझाव दिएकी थिइन् । जेसीजका अध्यक्ष प्रमिला सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजिकरणको भूमिका संगिता पौडेलले गरेकी थिइन् । सहजकर्ता पौडेलले पोखरा लेडि जेसीजमा नेतृत्व गर्नेहरु अहिलेसम्म अव्वल रहेको भन्दै सस्थामामात्र नभै अन्य क्षेत्रमा समेत ठूलो प्रभाव पार्दै आएको बताईन् । जेसीजका सचिव रेणु थापाको सञ्चालनमा रहेको कार्यक्रममा कार्यक्रम संयोजक एवं तालिम आयुक्त संञ्चिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थाका सपना गिरीको धन्यवादमा सम्पन्न कार्यक्रममा सहभागिको तर्फबाट पुष्पा सापकोटाले तालिमा सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएकी थिइन् । विभिन्न रचनात्मक कार्य गर्दै आएको पोखरा लेडि जेसीजको तालिममा पोखरा जेसीजका अध्यक्ष गोविन्द देवकोटाले वर्ष २०१६ लाई स्वर्णिम वर्षका रुपमा लैजान अनुरोध गरेका थिए । उनले शुभकामना मन्तव्य व्यक्त गर्दै वर्ष २०१६को कार्यसमिति जुझारु र महिला सशक्तिकरण गर्न सक्ने क्षमता भएका छन् भन्दै नयाँ नेपालको निर्माण अभियानमा सहयोगी हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

Post a Comment

 
Top