0
गोल्डेन न्यूज संवाददाता
पोखरामा नयाँ नगर वस सञ्चालनमा आएको विरोधमा उत्रिएका यातायात ब्यवसायीले बिहीवारदेखि गण्डकी अञ्चल भर आम चक्काजामको घोषणा गरेका छन् । बुधवार पोखरा नगर क्षेत्रमा सञ्चालन हुने र पोखराबाट छुट्ने सार्वजनिक सवारी बन्द गरेका ब्यवसायीले गण्डकी अञ्चलभर अनिश्चितकालिन आम चक्काजाम को घोषणा गरेका हुन् । पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी विन्ध्यवासिनी वस ब्यवसायी समिति अन्तर्गतका तीन वटा नयाँ बसले रुट इजाजत पाएपछि पुराना ब्यवसायी आन्दोलित भएका हुन् । उनीहरुले नयाँ समितिको रुट इजाजत खारेज हुनुपर्ने माग राखेका छन् । समस्या समाधानका लागि भएका प्रयास विफल भएपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघ अञ्चल कार्यालय गण्डकीको अगुवाईमा सबै सवारी बन्दको घोषणा गरेको सचिव भानुभक्त वरालले जानकारी दिए । बुधवार पनि पोखरा नगर क्षेत्रमा तीन वटा नयाँ बस सञ्चालनमा आउँदा अन्य ६ भन्दा बढी गाडी बन्द भएका थिए । यातायात व्यवसायी बीचको द्वन्दको कारण यात्रुले भने सास्ती खेप्नुपरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यवस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेपनि केहिी प्रक्रिया भने मिचेको पाईएको छ । पत्रमा रुट इजाजतका लागि स्थानीय स्तरको यातायात ब्यवस्था कार्यालयलेनै दिन सक्ने हैसियत राख्ने भएकाले सोहि अनुसार छिटो छरितो कार्यदल गठन गर्न भनिएको छ । तर कुनै कार्यदल गठननै नगरी यातायात ब्यवस्था कार्यालय गण्डकी र यातायात ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको निर्णयका आधारमा रुट इजाजत प्रदान गरिएको छ ।

Post a Comment

 
Top