0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाईटी लेखनाथ ९ र ११ उप–शाखाको १९औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बाल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङगानाले  विपतलाई न्यूनिकरण गर्दै मानवीय सेवामा लाग्ने रेडक्रस एउटा पवित्र संस्था भएकाले आफूलाई मानवीय सेवामा समर्पण गर्न आग्रह गरेका थिए ।कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष ध्रुव नाथ अधिकारी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भोलानाथ तिवारी र बेगनास युवा क्लबका अध्यक्ष मदन बाबु कोइराला लगायतले बोलका थिए भने कोषाध्यक्ष भुवन श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको  थियो । नेपाली कांग्रेस १३ औं महाधिवेशन अन्तरगत लेखनाथ नगर समितिको सचिवमा निर्वाचित धु्रवनाथ अधिकारीलाई सम्मान समेत गरिएको कार्यक्रम उपशाखाको सभापति शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सन्तोष अधिकारीले संचालन गरेका थिए ।  






Post a Comment

 
Top