0
कास्कीको लेखनाथमा रहेको लक्ष्मी आदर्श उच्च माविले शुक्रबार आफनो स्थापनाको ४८औं बार्षिकोत्सव तथा अभिभावक भेलाको अवसर पारेर विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ। विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याउँदै आएका पूर्व प्रधानाध्यापक वावुराम सुवेदी, भीमपाणि बराल, भूपू शिक्षक सप्तनाथ कमर, शिक्षक विष्णु प्रसाद पौडेल, शरदचन्द्र न्यौपाने र लक्ष्मी पौडेल र अभिभावकको तर्फबाट चन्द्रा रानाभाट, लक्ष्मी पौडेल र खड्क बहादुर गुरुङलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले शैक्षिक  विकासका लागि अभिभावक जिम्मेवार, विद्यार्थी अनुशासित र शिक्षकहरु कर्तव्य परायण हुनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराई, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बावुराम जमरकटेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, भूपू विद्यार्थी तथा प्युठानका जिल्ला न्यायाधिश बासुदेव न्यौपाने, विद्यालय निरीक्षक भोजराज न्यौपाने, स्रोत व्यक्ति विष्णु प्रसाद तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष भवानी प्रसाद बाँस्तोला, जनप्रकाश उच्चका प्रधानाध्यापक शिवमणि भण्डारी, त्रिभुवन शान्ति उच्च माविका प्राचार्य मित्रलाल सापकोटा, नेपाली कांग्रेस लेखनाथ नगर सचिव ध्रुव अधिकारी, नेकपा माओवादीका सचिवालय सदस्य गोकुल पराजुली, एकीकृत नेकपा माओवादीका लेखनाथ नगर ईन्चार्ज विनय थापा लगायतले आ–आप्mनो भनाइ राखेका थिए।






Post a Comment

 
Top