0
राजाराम पौडेल÷गोल्डेन
फागुन १४ र १५ गते हुने प्रथम ऐतिहासिक गुरुङ फिल्म अवार्ड कार्यक्रमको तयारीलाई तीव्र पारिएको छ । दुई दिनसम्म पोखरामा चल्ने अवार्ड कार्यक्रम पोखरा ग्राण्डमा हुने छ । कार्यक्रमलाई सफल बनाउन आयोजक जक्सन गुप्र र संरक्षक गुरुङ फिल्म एशोसिएशन व्यस्त छन् । ‘कार्यक्रमलाई ऐतिहासिक बनाउन सहयोग र सहभागीता केन्द्रित गरि काम भैरहेको छ ।’ जिफानका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले भने । प्रथम गुरुङ फिल्म अवार्ड २०७२ अन्र्तगत अवार्डका लागि आएका फिल्महरुमध्ये २०६१ बैशाख १ देखि ६५ चैत मसान्त सम्मको पहिलो कालखण्ड र २०६६ बैशाख १ देखि २०७० मसान्त सम्म दोस्रो कालखण्ड भनेर छुट्टाईएको छ । यस्मा गुरुङ भाषा र गुरुङ सँस्कारमा बनेको नेपालीभाषी फिल्मलाई छुट्टाछुट्टै अवार्डका लागि छानिएको छ । पहिलो कालखण्डमा १२ मातृभाषी गुरुङ फिल्महरुले प्रतिष्पर्धा गर्नेछन् । यो विधामा माओत्से गुरुङद्वारा निर्देशित कृपा, प्रितम गुरुङद्वारा निर्देशित आशिमाला, मि, नानु र रोधीघर, भोजबहादुर गुरुङद्वारा निर्देशित ङैं ङ्हो र सैं न्होर्बै म्रुस्यो फिल्मले प्रतिष्पर्धा गर्दैछन् । यसैगरी लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ श्यामद्वारा निर्देशित क्रमु र चों सुवाश गुरुङद्वारा निर्देशित म्होरा र ङैं जिन्दगी सोमबहादुर गुरुङ र दीपकमान उदासद्वारा निर्देशित आग्वै ह्युलरीले समेत प्रतिष्पर्धा गरेका छन् । यो विधामा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकार, उत्कृष्ट लेखक, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट गीतकार र गुरुङ भाषा, संस्कार, संस्कृति र मौलिकता बोकेको दुई फिल्मलाई विशेष अवार्ड प्रदान गरिने छ ।
यसैगरी पहिलो कालखण्ड अन्तर्गतनै नेपाली भाषाको ६ गुरुङ फिल्महरुले प्रतिष्पर्धा गर्दैछन् । जस्मा  प्रितम गुरुङद्वारा निर्देशित म्ही थेबा र सोल्टी राजा, सुवाश गुरुङद्वारा निर्देशित भूली गए पाप लग्ला, भोजबहादुर गुरुङद्वारा निर्देशित कहाँ बिसाऊँ मनको भारी, कृष्णकुमार गुरुङद्वारा निर्देशित सुनिमाया, माओत्से गुरुङद्वारा निर्देशित अचम्मै भो रहेका छन् । नेपाली भाषाका गुरुङ फिल्म अन्तर्गत उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकार, उत्कृष्ट लेखक, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट संगीतकार, उत्कृष्ट गीतकार, उत्कृष्ट सम्पादक र गुरुङ भाषा, संस्कार, संस्कृति र मौलिकता बोकेको दुई फिल्मलाई विशेष अवार्ड प्रदान गरिने छ । 
यसैगरी दोश्रो कालखण्डमा गुरुङ मातृभाषी फिल्म अन्तर्गत पहिलो कालखण्डका सबै विधासहित चर्चित फिल्मविधा थपिएको छ । सो विधा भोटिङ्गमा आधारित हुने र सबैभन्दा बढी भोट प्राप्त गर्नेलाई अवार्ड प्रदान गरिने छ । नेपाली भाषाका गुरुङ फिल्म अन्तर्गत भने चर्चित फिल्म, चर्चित नायक र चर्चित नायिका अवार्ड थपिएका छन् । दोस्रो कालखण्ड २०६६ देखि २०७० मसान्तसम्म मातृभाषी गुरुङ फिल्म अन्र्तगतका १३ फिल्मले प्रतिष्पर्धा गर्नेछन् । जस्मा माओत्से गुरुङद्वारा निर्देशित भे्रँ, तिनागा, लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङद्वारा निर्देशित धीं र प्ह्रेंस्यो, खुसबहादुर गुरुङद्वारा निर्देशित छैलीमुना जिन्दगी, प्रितम गुरुङद्वारा निर्देशित त्हारे क्हील तो तम पुन्टे साइला, डिठ्ठा र च्ह च्हमी, सुवाश गुरुङद्वारा निर्देशित आस्यो, युगबहादुर गुरुङ र नौंजङ्ग गुरुङद्वारा निर्देशित सैं गोरे गुरुङद्वारा निर्देशित आगे ठागु, केशबहादुर गुरुङद्वारा निर्देशित रिमै मयुमै सैं र खुशबहादुर गुरुङद्वारा निर्देशित धोका रहेका छन् ।
यहि कालखण्डमा नेपाली भाषाको गुरुङ फिल्महरु तर्फ १५ फिल्मले प्रतिष्पर्धा गर्नेछन् । माओत्से गुरुङद्वारा निर्देशित नकई पूmँ, सुराक, प्रितम गुरुङद्वारा निर्देशित प्हीरुमाला, अस्मिता, मेरो सोल्टी, वारपाकी माया, ¥हेगो ¥हेगो, मनोज गुरुङद्वारा निर्देशित गेटपास,  कृष्णकुमार गुरुङद्वारा निर्देशित तमू ह्युला र घलेक ‘द साइन अफ लव’, डर्टी पोखरा, बलबहादुर गुरुङद्वारा निर्देशित यो कस्तो जमाना,  युगबहादुर गुरुङद्वारा निर्देशित माँ नौजंङ्ग गुरुङद्वारा निर्देशित चोखो माया र खुसबहादुर गुरुङद्वारा निर्देशित क्योल कसम रहेका छन् ।
यसैगरी गुरुङ अवार्ड अन्तर्गतको चर्चित फिल्म, अभिनेता अभिनेत्री विधामा २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्रृबिच प्रतिष्पर्धा हुदैछ । यस्को छनोट एसएमएस भोटिङ मार्फत छनोट गरिने  छ ।
चर्चित अभिनेत्रीमा मीरा गुरुङ, शान्ति गुरुङ, रजनी गुरुङ, सोविन गुरुङ, अञ्जना गुरुङ, भुमिका पुन, अनुता गुरुङ, डिना गुरुङ, अश्मि गुरुङ, रत्ना गुरुङ र माया गुरुङका बीच प्रतिष्पर्धा हुदैछ । त्यस्तै चर्चित अभिनेता तर्फ सुनिल गुरुङ, ओमप्रकाश गुरुङ, विमल गुरुङ, आकाश गुरुङ, धन बहादुर गुरुङ, चौबहादुर गुरुङ, भिम बहादुर गुरुङ, सोम गुरुङ, बलबहादुर गुरुङ, तारा बहादुर गुरुङ, खिल बहादुर गुरुङ, दिपक गुरुङ, प्रतिक गुरुङ, गमन घले र खेम गुरुङबीच प्रतिष्पर्धा हुँदैछ ।
यता चर्चित फिल्म अन्र्तगत सैँ, रिमै मयुमै सैँ, डिठ्ठा, धोका, छैली मोना जिन्दगी, तारे क्हिल तो तम पुन्टे साईला, च्ह च्हमी, आस्यो, क्योल कसम, चोखो माया, यो कस्तो जमाना, माँ, डर्टी पोखरा, वारपाककी माया, प्हीरुमाला, गेटपास, तमु ह््युला र  घलेक भिडेका छन् । अवार्ड अन्तर्गत वि.स. २०५२ सालदेखि वि.स. २०६० सम्म निर्माण भएका सबै फिल्मलाई सम्मान गरिने आयोजकले जनाएका छन् । पहिलो ऐतिहासिक फिल्म अवार्ड अन्तर्गतको लाईफटाईम एचिभमेन्ट अवार्ड प्रितम गुरुङले पाउने छन् । अबदेखि हरेक दुई–दुई वर्षमा अवार्डको कार्यक्रमलाई निरन्तरता दिने जिफानका अध्यक्ष श्यामले बताए । अवार्ड कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमाल, करिक्ष्मा मानन्धर, निखिल उप्रेती, दिया मास्के, रेखा थापा, विजय लामा, दिया मास्के, अनुप बराल, प्रियंका कार्की, नम्रता सापकोटा लगायतको सहभागिता रहने आयोजक जक्सन गुप्रका भुपाल कुमार गुरुङले जानकारी दिए । अवार्डमा कुल ६९ विधाका लागि ४६ फिल्मले प्रतिष्पर्धा गरेका छन् । गुरुङ फिल्मको इतिहास भने त्यती लामो छैन २०५२ सालमा ‘पाते’ फिल्मबाट गुरुङ फिल्मको निर्माण आरम्भ भएको थियो । मगर भाषाको पहिलो फिल्म निर्देशन गरेका युवराज मास्के मगरले यो फिल्म निर्माण गरेका थिए । अहिलेसम्म हेर्दा आदिवासी फिल्ममा बढी संख्यामा बनेको फिल्म गुरुङ भाषाकै हो । २० वर्षको इतिहास बनाएको गुरुङ फिल्मले  यो अवधिमा उल्लेख्य मात्रामा प्रगती हासील समेत ग¥यो । हालसम्म १ सय  भन्दा बढी गुरुङ फिल्मको निर्माण भैसकेको छ भने केहि गुरुङ फिल्म निर्माणाधीन अवस्थामा रहेका छन् ।
गुरुङ फिल्म र त्यसमा काम गर्ने फिल्मकर्मीहरुलाई अगाडी बढ्न सजिलो होस् भन्ने हेतुले २०६५ सालमा गुरुङ फिल्म एशोसिएशन (जिफान) स्थापना गरीएको हो । जिफानले गुरुङ फिल्मको मात्र नभई गुरुङ कला, संस्कृतिलाई समेत फिल्मको माध्यमबाट दर्शकमाझ पस्कने काम गरेको जिफान अध्यक्ष श्यामको भनाइ छ । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm




Post a Comment

 
Top