0
गोल्डेन न्यूज संवाददाता
पोखरा–झण्डै एकसातादेखि घरको धारामा पानी नआएपछि पोखराका केही वडाका नागरिकहरु खानेपानी संस्थानमा डेलिगेशन जाँदा–जाँदा हैरान भएका छन् । पोखरा ५, १७ र १८ लगायतका एक दर्जन वडामा वडाका नागरिकहरु घरमा खानेपानी नआएपछि हैरान भएका हुन् । पोखरा उपमहानगरपालिकामा २९ वटा वडा रहेका छन् । कहिले कता कहिले कता पानी लिन भौंतारिँदा दिन जान्छ पोखरा ५ की हरिमाया शर्माले गुनासो गरिन् । पानी लिन जाँदा नै विहान जाने भएपछि कतिबेला भात पकाउने अनि कतिबेला बालवच्चालाई खुवाएर विद्यालय पठाउने उनले भनिन् । पोखरा–५ मा पानीको पाईपको चोकमा लेदो अड्केको एकसाता भएको छ । लेदो अड्केपछि पानी नआएको स्वयं खानेपानी संस्थानले स्वीकार गरेको छ । तर सो लेदो फाल्नेतर्फ संस्थानले चासो नदिएको नागरिकको गुनासो छ । समस्या आयो भनेर डेलिगेशन गईयो तर कार्यालयले कानमा तेल हालेर कार्यालय वस्यो नागरिकहरुको भनाई छ । पानी आई हाल्छ तपाई जानुस् खानेपानी संस्थानका कर्मचारी भन्छन् तर घरको धारोमा पानी पटक्कै आउँदैन पोखरा ५, १७ र १८ नम्वर वडाका नागरिकहरुको सामूहिक गुनासो यही छ । पटक–पटक खानेपानी आएन भन्दै कार्यालयमा जाँदा समेत पानीको वारेमा सुनुवाई नभएपछि नागरिकहरुले दिक्क मानेका छन् । उपभोक्ताहरु कार्यालयमा डेलिगेशन आएका छन् यो सत्य कुरा हो तर पानी तत्काल पूर्याउन सक्ने अवस्था छैन कार्यालय प्रमुख निरज महर्जनले भने । हिउँद सुरु भएसँगै पोखरामा खानेपानीको हाहाकार भएको छ । दैनिक आवस्यक पर्ने पानीको आपूर्ति झण्डै ५० प्रतिशतले कमी भएपछि पोखरामा खानेपानीको अभाव भएको हो । पोखरा नगरलाई आवश्यक पर्ने ७० लाख लिटर पानी भएपनि अहिले पानीको परिमाण जम्मा ४० लाख लिटर रहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाले जनाएको छ । पोखरामा मर्दी खोलावाट १६ र २० इन्चका दुई पाईप लाईनवाट पानी आपूर्ति हुँदै आएको छ । यो बाहेक अर्मलाको कालिखोला र प्रस्र्याङको वालधाराबाट पनि पानी आपूर्ति हुँदै आएको छ । मर्दी खोलामा चेक ड्याम वनाउने काम अबको दुई दिनमा पूरा भएपछि पानी केही वढ्ने संस्थान प्रमुख महर्जनले बताए । पानीको राम्रो नेटवर्क नहु्ँदा पोखरामा पानीको अभाव भएको उनको भनाई छ । यता पोखराको लेकसाईड क्षेत्रमा भने कार्यालयले २४ सै घण्टा पानी आपूर्ति व्यवस्था मिलाएको छ । लेकसाईडमा जस्तै अन्य क्षेत्रमा पनि पानीको आपूर्ति सहज वनाउन नागरिकहरुले माग गरेका छन् ।





Post a Comment

 
Top