0
गोल्डेन न्यूज संवाददाता
एल्जी एशोसिएशन, नवआर्दश सामुदायिक विकास समाज, डेविट फल्स क्लब पोखरामा रगंशालामा जारी बलराम केसी स्मृति रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगिताको  क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 
बिहीबार भएको पहिलो खेलमा एल्जीले सहारा क्लबलाई २–१ गोलले पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश यात्रा पक्का गरेको हो । एल्जीको जितमा अजित गुरुङले २ गोल गरे भने सहाराका लागि विजय श्रेष्ठले १ गोल गरे । दोस्रो खेलमा भ्याली स्पोर्टस क्लबले गार्डेन फुटबल क्लबलाई १०–० को फराकिलो गोल अन्र्तरले पाखा लगायो । फराकिलो जित हात पारेपनि भ्याली प्रतियोगिताबाट बाहिरिएको छ । भ्यालीका लागि संजय बुढाथोकीले ३, आशिष केसीले २, गोविन थापाले २, किरण गुरुङले २ र विजय पुनले १ गोल गरे । तेस्रो खेलमा विष्णुपादुका हेम्जाले इन्द्रेणी एकिकृतलाई ४—० ले पाखा लगाउदै क्वटरफाइनल पुगेको छ । हारसंगै इन्द्रेणी प्रतियोगिताबाट बाहिरिएको छ । विष्णुपादुकाको जितमा अशोक नेपाली, अभिषेक कार्की, अरविन थापा र उमेश श्रेष्ठले गोल गरे । चौथो खेलमा नवआर्दश सामुदायिक विकास समाजले डेविटफल्सलाई ३–० गोलले पराजित गर्यो । नवआर्दशका लागी किशोर गुरुङले २ र सुनिल कार्कीले १ गोल गरे । पराजित भएपनि डेविटफल्स क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार आज नयाँगाँउ विरुद्ध नागढुङ्गा, संगम विरुद्ध आर्दश, ड्यामसाईड विरुद्ध हेम्जा र सत्य युवा क्लब विरुद्ध एपेक्स खेल्ने छन् ।

Post a Comment

 
Top