0
गोल्डेन न्यूज संवाददाता
माउण्ट अन्नपूर्ण उच्च माविको २०६५ सालको एसएलसी व्याचका ४ जना पूर्व विद्यार्थीहरुले विद्यालयलाई खेलकुद सामग्री सहयोगका साथै विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा र खेलकुद शिक्षक÷प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङलाई सम्मान गरेको छ । सोमवार विद्यालयमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरु साजन गुरुङ, रविन सेन्चुरी, असिम बाटाजु र श्याम गुरुङले आफूहरुले अध्ययन गरेको विद्यालयले शैक्षिक प्रगति एवं खेलकुद क्षेत्रमा विशिष्टता हासिल गर्दै आएको भन्दै विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा, खेलकुद शिक्षक÷प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङ, सहप्राचार्य अशोककुमार शाही लगायतलाई ५ थान बास्टेकबल सहयोग हस्तान्तरण गरेका हुन् । यसरी माउण्ट अन्नपूर्णको नयाँ व्यवस्थापनमा सञ्चालन पश्चात विद्यालयलाई थप शैक्षिक उपब्धि दिलाउन सफल रहेको भन्दै हिसान कास्कीका उपाध्यक्ष समेत रहेका  विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा र विद्यालयका खेलकुद शिक्षक÷प्रशिक्षक क्या. बीरबहादुर गुरुङलाई पूर्व विद्यार्थीहरुको तर्फबाट दोसल्लाबाट सम्मान गरिएको थियो । 
प्राचार्य शर्मा र खेलकुद प्रशिक्षक गुरुङलाई माउण्ट अन्नपूर्णको नयाँ व्यवस्थापनको पहिलो एसएलसी ब्याच–२०६५ सालको विद्यार्थीहरुकातर्फबाट विद्यालयका एकेडेमीक डिन भरत भण्डारीले सम्मान गरेका हुन् । 
विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरणपछि बोल्दै पूर्व विद्यार्थी साजन गुरुङले माउण्ट अन्नपूर्ण उच्च माविले उपलब्धिहरु हासिल गर्दा पूर्व विद्यार्थीहरुको गर्वले छाती गहु्रंगो हुने गरेको बताए। विद्यालयका प्राचार्य रामजी प्रसाद शर्माले विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयको प्रगतिका लागि र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रोत्साहनका लागि उदाहरणीय कार्य गरेको बताए।  कार्यक्रमको संचालन विद्यालयका ऐकेडेमिक सुपरभाइजर तथा प्राथमिक कक्षा इञ्चार्ज कविता शाहीले गरेकी थिइन भने पूर्व विद्यार्थीहरुलाई साजन गुरुङ, रविन सेन्चुरी, असिम बाटाजु र श्याम गुरुङलाई सम्मान गरिएको थियो ।



Post a Comment

 
Top