0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ १२ पावरहाउस स्थित गुरुकुल विद्याश्रमले वार्षिक रुपमा सञ्चालन गर्दै आएको खेलकुद सप्ताह मंगलबारबाट सुरु भएको छ । मंगलबार भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक प्रिन्सिपल मिलन केसीले विद्यार्थीलाई फुटबलका रेफ्रि तथा अतिरिक्त क्रियाकलाप प्रमुख रमेश राज भण्डारीलाई बल हस्तान्तारण गरेर कार्यक्रमको उद्घाटन  गरे । कार्यक्रममा ५० मिटर छात्र दौडतर्फ प्रथम अजय पुन, द्वितीय लक्षुमण राना र तृतीय प्रमित थापा मगर हुन सफल भए ।  यस्तैगरी छात्रातर्फ क्रमशः अनुष्का पण्डित, एलिन बिमली र पुष्पा गुरुङले प्रथम, द्वितीय स्थान प्राप्त गर्न सफल भए। यसैगरी १०० मिटर छात्र दौडमा क्रमशः गंगालाल विक, सूर्य गुरुङ र अनिल रानामगरले प्रथम, द्वितीय स्थान प्राप्त गर्न सफल भएभने छात्रातर्फ आरधाना थापामगर, नम्रता गुरुङ र इसा पाइजाले उपाधि चुम्न सफल भए । मंगलबारै सम्पन्न सटपुट छात्रतर्फ सूर्य गुरुङ, अनिल थापा, विशाल पुन र छात्रातर्फ नीरा तिलीजा, प्रिया गुरुङ र नम्रता गुरुङ यस्तै लंगजम्पतर्फ सुश्मा थापा, नीरा पाइजा, रविना सुनार र छात्रतर्फ गंगालाल विक, सूर्य गुरुङ र सिजन रोकाले प्रथम, द्वितीय स्थान प्राप्त गरेका थिए । यसैगरी फूटबलतर्फ जुनियर पहेलो सदन र सिनियर पहेलो सदन सेमिफाइनलमा प्रवेश गरेको विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख रमेशराज भण्डारीले जानकारी दिए ।
यसैगरी पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च मा.वि.ले अतिरिक्त कृयाकलाप अन्तर्गत आफ्नो वार्षिक कार्यतालिका अनुसार खेलकुद प्रतियोगिता मंगलबारबाट शुरु गरेको छ । सो प्रतियोगिताको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अन्जु रानाभाटले उद्घाटन गरेकी थिइन् । उद्घाटन गर्दै उनले खेलकुद, स्वस्थ्य र शिक्षा एक आपसमा अन्तरसम्बन्धित भएको भन्दै राम्रो स्वास्थका लागि नियमित रुपमा खेलकुदमा सहभागिता जनाउनुपर्ने बताइन् । पूर्व प्राथमिक तह देखि उच्च मा.वि. तह सम्मका विद्यार्थीहरुले प्रतिस्प्रधा गर्ने सो खेलकुद प्रतियोगितामा एथलेटिक्स, हाइजम्म, लङ्जम्प, सटफुट, फुटबल लगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछन् । प्रतियोगिता तिनदिन सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । साथै भर्खरै साग खेलकुद प्रतियोगितका पुरुष फुटवलमा विजयी नेपाली खेलाडीहरुलाई सो अवसरमा बधाई समेत ज्ञापन गरिएको खेलकुद विभाग प्रमुख राजा मुखियाले जानकारी दिए ।

यसैगरी लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर उच्च माध्यमिक विद्यालयमा अभिनय प्रतियोगिता सम्पन्न भयो । कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी प्रतियोगितामा भूमिका बसौला, अनिषा पौडेल, भुवन बसौला, युरिका ढुङ्गाना र शशी सुबेदीको समूहले प्रथम स्थान प्राप्त गर्न सफल भयो भने साज लामिछाने, अंकिता आचार्य, अञ्जली वि.क., असिम राज सिंह ठकुरी, आयुष वि.क. र प्रज्ज्वल कुमार रानाभाटको समूहले द्वितीय स्थान र सफल भुजेल, विशाल अधिकारी, सुदीप अधिकारी, शिशिर सुबेदी, सिद्घान्त सुबेदी र अञ्जन भुजेलको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भए । कार्यक्रमको संयोजन शिक्षक पूर्ण बहादुर थापा र ऐश्वर्यधर घिमिरेले गरेका थिए ।


Post a Comment

 
Top