0
गोल्डेन न्यूज संवाददाता
पोखराको पस्र्याङस्थित शान्ति निकेतन स्कूलमा वार्षिक खेलकूद कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अन्तर्गत फुटवल, भलिवल, दौड, रिलेदौड, लङजम्प, टेवलटेनिस, म्युजिकल चियर, सियोमा धागो उन्ने खेल, बेलुन ब्लाष्ट, म्याच दौड, तातो आलु, स्वीट रेस, रुमाल लुकाइ लगायतका खेलहरु सम्पन्न भयो । पुस्तक मानसिक विकास लागि भएजस्तै खेलकूद शारीरिक विकासका लागि भन्ने उद्देश्यले आयोजित खेलकूदमा पूर्व प्राथमिक तह र जुनियर प्राथमिक तह कक्षा १ र २ लाई अन्तविद्यार्थी प्रतिस्पर्धा गराइनुका साथै सिनियर प्राथमिक तह कक्षा ३ देखि ५ र सिनियर तह कक्षा ६ देखि ९ लाई अन्तरसदनात्मक रुपमा प्रतिस्पर्धा गराइएको थियो । खेलकूदमा  सिनियर प्राथमिक तहमा फुटवलतर्फ रातो सदन विजयी भयो । यस्तै १०० मिटर दौडमा छात्र–छात्रा दुवैमा रातो सदन , सियोमा धागो उन्ने खेलमा पनि रातो सदन नै विजयी भयो । उक्त तहको उत्कृष्ट सदनको पुरस्कार पनि रातो सदनले नै हासिल ग¥यो । यसैगरी सिनियर तह अन्तर्गत फुटवल, २०० मिटर छात्रा दौड, लङजम (छात्रा), रिले दौड (छात्रा) मा पनि पहेंलो सदनले बाजी मा¥यो भने १०० मिटर दौड छात्रा÷छात्रा दुवैमा निलो सदन र २०० मिटर दौड, लङजम्प (छात्र) र भलिवल (छात्र)मा पनि निलो सदन विजयी भयो । यसैगरी रातो सदनले छात्र भलिवल र हरियो सदनले टेवलटेनिसको उपाधि जित्यो ।  विद्यालयका शैक्षिक प्रमुख यदुविलास भूत्र्यालले अतिरिक्त क्रियाकलाप प्रमुख सुरज अधिकारीलाई फुटवल हस्तान्तरण गरि कार्यक्रको उद्घाटन गरेका थिए भने समापन कार्यक्रममा विद्यालयका प्रचार्य महेश्वर पराजुलीले खेलाडी विद्यार्थीहरुलाई पदक वितरण गरि धन्यवाद ज्ञापन गरेको विद्यालयका संचार संयोजक हेम सुवेदीले जानकारी दिए ।






















Post a Comment

 
Top