0
नागरिक संवाद केन्द्र, गण्डकी, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी गा.वि.स. को सभा हलमा सबिधानमा भएका व्यवस्थाहरुको बारेमा गा.वि.स.का राजनीतिक दलका प्रमुख तथा प्रतिनीीधीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको बीचमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ढिकुरपोखरी स्वास्थ्य चौकीका प्रमुख बलबहादुर कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक संबाद केन्द्र, गण्डकी, पोखराका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले नागरिक संबाद केन्द्रको अभियान, संबिधानमा व्यवस्था भएका नागरिकता, मौलिक हक, संघिय संरचना, न्याय प्रणाली जस्ता विषयहरुमा जानकारी गराए। वडा नागरिक मञ्चका अध्यक्ष पार्वती बस्नेत कँुंवरले संविधानमा भएको कानुनी अधिकारहरुको बारेमा जान्न र बुझ्न पाएकोमा नागरिक संवाद केन्द्रप्रति आभार व्यक्त गरे । खानेपानीको अध्यक्ष झुम प्रसाद शर्मा दाहालले संविधानमा सबै जनताको अधिकार लेखिएको भएता पनि अझै नपुगेको हुनाले अब कार्यान्यन गर्दा सबै जना सचेत बन्नु पर्नेमा जोड दिए । उत्पीडित समाज तथा नेकपा एमाले का प्रतिनिधि चतुरमान वि.क.ले  संविधानले सबै जनताको अधिकार समेटेको छ । केहि नपुग भए फेरि पनि संशोधन गर्दै जानु पर्नेमा जोड दिए । रा.प्र.पा. का अध्यक्ष खेम राज अधिकारीले संविधानको बारेमा सबै जनतालाई बुझाउनु पर्ने बताए। नेपाली कांग्रेसका प्रतिनिधि भरतराज अधिकारीले संविधानमा सबैको अधिकार भएको तर सबैले संविधान नपाएकोले बुझ्न नपाएको बताए ।

Post a Comment

 
Top