0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका इन्टेक्स मोवाइलका विक्रेताहरुको भेला मंगलबार पोखरामा सम्पन्न भयो । भारतमा निर्मित इन्टेक्स मोवाइललाई नेपालमा प्रवद्र्धन गर्दै आएके चौधरी ग्रुपले उक्त भेलाको आयोजना गरेको हो । भेलामा इन्टेक्स ब्राण्डका विभिन्न मोडलका मोवाइलको विशेषताका बारेमा जानकारी गराउनुका साथै इन्टेक्स नयाँ उत्पादनको लञ्चिङ समेत गरिएको थियो । कार्यक्रममा चौधरी ग्रुपका सिनियर जनरल म्यानेजर रमेश श्रेष्ठले आप्mनो ख्याति नविग्रने ब्राण्डको मोवाइलको व्यापार गर्न विक्रेताहरुलाई आग्रह गरे ।  अहिले मोवाइलको प्रयोग कसैका लागि पनि नौलो छैन त्यसैले कुन मोवाइल विक्री गर्दा राम्रो र बढी नाफा हुन्छ त्यसमा समेत ध्यान दिन उनल सुझाव दिए । अहिले मोवाइल कम्पनीको उत्पादन बीच प्रतिस्पर्धा तीव्र रहेपनि मोवाइलको उत्पादन धेरै बढेको भन्दै उनले चाइनिज इण्डियन लगायत अन्य मुलुकका उत्पादन मध्ये आफूलाई उपयोगी हुने उत्पादनको व्यापार गर्नुपर्ने खाँचो औंल्याए । श्रेष्ठले पोखरामा छिट्टैनै इन्टेक्स मोवाइलको सर्भिस सेन्टर संचालनमा ल्याउने समेत जानकारी दिए । इन्टेक्स मोवाइलका गण्डकी धवलागिरि क्षेत्रका अधिकृत विक्रेता आह्वान इन्टरप्राइजेजका संचालक मनोहर श्रेष्ठले भुइँचालो, नाकाबन्दी या आन्दोलन जस्तोसुकै अवस्थामा पनि मोवाइल व्यापारीले इन्टेक्सको बजारीकरणमा सहयोग पु¥याएको बताए । उनले पोखरा क्षेत्रमा पनि मोवाइलको प्रयोग संगै चुनौती पनि बढ्दै गएको भन्दै छिट्टै सर्भिस सेन्टर स्थापना गरि सेवा दिने बताए । इन्टेक्स मोवाइलको उत्पादक भारतीय कम्पनीका प्रतिनिधि निशान्त द्विवेदीले चौधरी ग्रुपसंग इन्टेक्सको सहकार्य भएपछि व्यापार बढेको र नेपालमा विक्री हुने मोवाइल मध्ये प्रमुख ब्राण्ड बन्न सफल भएको स्पष्ट पारे । उनले भारतीय कम्पनी भएपनि ६६ वटा देशमा इन्टेक्स मोवाइलको बजारीकरण भएको बताए । चौधरी ग्रुप अन्तर्गत इन्टेक्स मोवाइलका राष्ट्रिय सेल्स म्यानेजर विनय जोशीले माघ, फागुन र चैत्र महिनाका लागि इन्टेक्स मोवाइल किन्ने ग्राहकका लागि विभिन्न अफर दिइएको भन्दै करिब २ सय जना ग्राहकले विभिन्न पुरस्कार पाउने बताए। इन्टेक्स मोवाइलका एरिया सेल्स म्यानेजर झविन्द्र भण्डारीले इन्टेक्स मोवाइल प्रयोग गर्नेहरुको संख्या बढ्दै भएको भन्दै उत्पादनलाई थप गुणस्तरीय बनाएर ग्राहकको मन जित्न कम्पनी लाग्नुपर्नेमा जोड दिए । व्यवसायी प्रदीप बज्राचार्यले संचालन गरेको कार्यक्रममा मोवाइल विक्रेताहरु त्रिलोचन दाहाल, मुक्तिनाथ त्रिपाठी र जीवन ढुङ्गानाले मोवाइलमा व्याट्री लामो समय टिक्ने खालको हुनुपर्ने, मोवाइलका पार्टपूर्जाहरु सहज उपलव्ध हुनुपर्ने सुझाव दिंदै सर्भिस सेन्टर तत्काल भएमा इन्टेक्सको विक्री बढ्ने दावी गरेका थिए । कार्यक्रममा पोखराको पौडेल मोवाइल, आरजीसी मोवाइल, खरेल मोवाइल र रोज मोवाइलका साथै पर्वत कुश्माको आइटी मोवाइललाई उत्कृष्ट ५ मोवाइल विक्रेताको रुपमा र आह्वान इन्टरप्रपाइजेजका मनोहर श्रेष्ठलाई क्षेत्रीय विक्रेताको रुपमा उपहार प्रशंसापत्र प्रदान गरिएको थियो ।   












Post a Comment

 
Top