0
गोल्डेन न्यूज संवाददाता
पोखरामा १७ औं नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको साथमा प्याराग्लाईडिङको प्रि–वल्र्ड कप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था पोखरा (ना) को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा फागुन १५ देखि प्रतियोगिता पोखरामा संचालन हुन लागेको हो । बिहीहबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सहित ३५ राष्ट्रका एक सय ५० प्याराग्लाईडिङ पाईलटहरु सहभागि हुनेछन् । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको र्याङकिङको आधारमा प्रतियोगी छनौट गरिने ना का सचिव एवं प्रि–वल्र्डकपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । प्रतियोगितामा ३० जना नेपालीको लागि कोटा छुट्याए पनि हालसम्म १० जनाले मात्र नाम दर्ता गराएको उनले बताए । हालसम्म एशियाली मुलुकका अधिकाशं प्याराग्लाईडिङका पाईलटहरुले नाम दर्ता गराए पनि यस वर्ष भने युरोपियन मुलका पाईलट अघिल्लो बर्षको तुलनामा केहि कम सम्पर्कमा आएको संयोजक भण्डारीले बताए । प्रतियोगितामा सहभागिताको लागि अन्तिम नाम दर्ता फागुन १४ गतेसम्म गराउन सकिने आयोजकले जनाएको छ । नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता सहित ५ वटा ईभेण्टमा प्रतिष्पर्धा हँुदै छ । खुल्लातर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेश्रो स्थान हासिल गरेको विजेताले ३० हजार रुपैयाँको साथमा ट्रफि मेडल प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसै गरी नेपालीहरु बीचको प्रतिष्पर्धामा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र सान्त्वना हुने दुई जनालाई जनही पाँच÷पाँच हजार रुपयौका साथमा ट्रफी वितरण हुने भएको हो । महिला र स्पोर्ट क्लासतर्फको विजेतालाइ जनही ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफी वितरण हुने भएको छ भने वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफी मेडलको साथमा पुरस्कार वितरण गरिने भएको छ । प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताले आगामी बर्ष नेपालमा प्याराग्लाईडिङ खेलको विश्वकप हुने आधार तयार गर्ने प्रि–वल्र्डकपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । अघिल्लो वर्ष पनि आयोजना भएको प्रि–वल्र्ड कपले सुरक्षा तथा रेस्क्युको कारण सहित प्राविधि समस्या भएकोले प्रि–वल्र्ड कपको मान्यता पाउन नसकेको कारणले गर्दा यस बर्ष सुरक्षा सहित रेस्क्यु एवं प्राविधिक हिसाबले निकै मजबुत पारिएको प्राविधिक संयोजक रविन गुरुङले बताए । मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १६ बर्षदेखि खुुल्ला प्याराग्लाइडिङ्ग प्रतियोगिता गर्दै आएको ना ले विगत ३ बर्षदेखि प्रि–वल्र्ड कपको तयारी स्वरुप एफएआइ क्याटागोरी टु सम्पन्न गर्न ५६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरीएको छ । उक्त रकम यस संस्थाका सदस्य कम्पनीहरु, नेपाल पर्यटन वोर्ड र सहभागिता शुल्कबाट परिपूर्ति गर्ने लक्ष्य राखिएको सचिवालय संयोजक रिजन रिजालले बताए । पाईलटहरुले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी फेवातालको आकास हुदै खपौदीमा अवतरण गर्ने भएका हुन । प्रि–वल्र्ड कपको लागि वल्र्डकप कमिटीबाट प्राविधिकले स्थलगत अवलोकन समेत गर्ने भएको प्राविधिक टोली समेत आइ सकेको आयोजकले जनाएको छ । फागुन १५ गतेदेखि एक सातासम्म व्यावसायिक रुपमा प्याराग्लाईडिङ को खेल व्यावसायिक उडान नहुने नाले जनाएको छ । यस बर्षको सुरुवातमै विनासकारी भूकम्प त्यस पछि तराई मधेश आन्दोलन र भारतीय नाकावन्दीले प्रभावित भएको नेपालको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केहि हदसम्म भए पनि माथि उठाउन सक्ने आफूहरुले विश्वास लिएको प्रचार संयोजक सोवित बाँनियाले बताए । पोखरामा हाल ६० भन्दा प्याराग्लाईडिङ कम्पनीहरु रहेका छन भने १ सय १२ जना लाईसेन्स प्राप्त पाईलट र उत्तिकै सङख्यामा सोलो पाईलट तथा सिकारु पाईलटहरु रहेको बताइन्छ । ना का सचिव कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा उक्त प्रतियोगिताको मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा विभिन्न उप–समिति गठन भएको छ ।










Post a Comment

 
Top