0
गोल्डेन न्यूज संवाददाता
पर्वतमा आयोजना हुने भलिबल प्रतियोगितामा सहभागी हुने टीमलाई बिहीबार पोखराबाट विदाई गरिएको छ । कास्की जिल्ला भलिबल संघले खेलाडीलाई  शुभकामना सहित बिदाई गरेको हो । कास्की जिल्ला खेलकुद विकास  समितिका अध्यक्ष यामबहादुर गुरुङ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले खेलाडीहरु लाई खादा र अविर लगाएर विदाई गरे । बिहीबारदेखि सुरु प्रतियोगिता २५ गतेसम्म संचालन हुने छ ।  रोशन गुरुङको कप्तानीमा कास्कीले प्रतियोगितामा सहभागीता जनाउने छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमलाई जिल्ला भलिबल संघले ट्रयाकसुट प्रदान गरेको छ । अध्यक्ष पराजुलीले ट्रयाकसुट प्रदान गरे । त्यस्तै कास्की जिल्ला खेलकुद विकास समितिले खेलाडिहरुलाई जर्सी प्रदान गरेको छ । जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, कोषाध्यक्ष दिपकबहादुर गोदार र कार्यालय प्रमुख प्रकाश बरालले संयूक्त रुपमा जर्सी प्रदान गरेका हुन् । खेलाडीलाई बिदाई गदै अध्यक्ष गुरुङले प्रतियोगितामा कास्कीको टीमले अनुशासन पूर्वक खेल पर्दशन गदै उपाधि जितेर आउन शुभकामना दिए । उनले भलिबलमा कास्कीले बनाएको छविलाई कायम राख्दै आफनो खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । कार्यक्रमको संचालन भलिबल संघका सहसचिव शेषकान्त शर्माले गरेका थिए ।

Post a Comment

 
Top