0
कम्तिमा एक सय देशमा प्रबद्र्धन गरेर ओलम्पिकमा समावेश गर्न भन्दै जापानले नेपालमा पनि बेसबलको प्रबद्र्धन सुरु गरेको छ । बेसबलको प्रबद्र्धनका लागि जापानको जुनियर बेसबल लिगका ५ जना खेलाडी नेपाल आएका छन् । उनीहरुले जापानकै क्लब लालीगुराँस तथा नेपाल बेसबल महासंघको समन्वयमा काठमाडांै उपत्यकाका विभिन्न १७ वटा विद्यालयमा बेसबलको कक्षा संचालन गरेका छन् । कक्षा संचालनका क्रममा विद्यालयहरुलाई बेसबल खेलका लागि आवश्यक बल, ब्याट, ग्लोब्स् लगायतका सामाग्री पनि दिइएको छ । प्रबद्र्धनात्मक कक्षा ९ दिनसम्म संचालन हुने महासंघका सदस्य रोशन थापाले जनाएका छन् । नेपालमा १८ वर्ष पहिले बेसबल खेलको सुरुवात भएपनि निकै महङ्गो भएका कारण बेसबल खेलाडीको संख्या एक सय भन्दा माथि छैन । नेपालमा हाल काठमाडौ उपत्यकाका अतिरिक्त पोखरामा बेसबल खेल खेलिंदै आएको छ ।  


Post a Comment

 
Top