0
गोल्डेन न्यूज संवाददाता
लामो समयदेखिको सिण्डिकेट तोड्दै पोखराका सडकमा अब बिन्ध्यवासिनी यातायात बस व्यवसायी समितिका बस गुड्ने भएका छन् । शुक्रबारदेखि पोखराको छोरेपाटनबाट तीनवटा बस लामाचौरका लागि छुट्ने पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जारी दिइएको छ । छोरेपाटनबाट छुट्ने बस बिरौटा, एयरपोर्ट, पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नदीपुर, इन्जिनियरीङ क्याम्पस हुदै लामाचौरसम्म पुग्ने छ । समितिले अहिले तत्कालका लागि ३ वटा बसबाट सेवा दिने जनाएको छ । समितिले सेवा सुरुवातको अवसरमा तीन दिन विन्ध्यवासिनी यातायातका सवारी चढ्ने यात्रुलाई निःशुल्क सेवा दिने समितिका अध्यक्ष समबहादुर गुरुङले जानकारी दिए । विन्ध्यवासिनी यातायात बस व्यवसायी समितिले सुविधासम्पन्न बस संचालनको अनुमतिका लागि २०६९ साल कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो तर अवरोधका कारण बस संचालनमा आउन सकेको थिएन । तर २०७२ माघ १५ गते समितिलाई सवारी संचालन अनुमति दिएपछि २२ गतेबाट पोखरामा विन्ध्यवासिनी यातायातको बस संचालनमा आउन लागेको हो । आफूहरुलाई लामो समयसम्म अबरोध गरेपनि अन्ततः सवारी संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा स्तरीय बस मार्फत यात्रुहरुलाई सुविधा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको समितिका सचिव रामचन्द्र अधिकारीले जानकारी दिए । उनले आफूहरु व्यवसाय गर्न आएको र राम्रोसँग व्यवसाय संचालन गर्ने पक्षमा रहेको जानकारी दिए । विवाद गर्न आफूहरु यो क्षेत्रमा नआएको उनको भनाई छ ।




Post a Comment

 
Top