0

रीता गुरुङ
गोल्डेन न्यूज
जापान १६ फाल्गुन ।
जापानको नागोया र टोयोटा क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरुको सक्रियतामा स्थापित सगरमाथा महिला समूह जापान त्यहाँको गैर नाफामूलक संस्था अर्थात नन प्रफिट अर्गनाइनेशनको रुपमा दर्ता भएको छ । संस्थाका अध्यक्ष राधा थापाका अनुसार जापानको टोयटा सीमिन काचुदौ सेन्टरमा संस्था विधिवत रुपमा दर्ता भएको हो । यसअघि नेपाली महिलाहरुले स्वतस्र्फत रुपमा संगठित भएर संस्थाको स्थापना गर्नुका साथै जापानमा पुगेका नेपाली महिलाहरुको समस्याको समाधान र नेपालमा समेत विभिन्न सहयोग गर्दै आएका थिए । 
यसैबीच सगरमाथा महिला समूह जापानको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ । संस्थाको तदर्थ समितिका अध्यक्ष राधासमुहकी अध्यक्ष राधा थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले थापालाई नै आगामी कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा प्रमिला सिग्देल, सचिवमा लक्ष्मी रेग्मी, सह–सचिवमा निर्मला भट्ट, कोषाध्यमा गीता गुरुङ तथा सदस्यहरुमा सरिता थापा, गरिमा कार्की रायमाझी, मुना केसी, कोपिला आचार्य, जापानी महिला मियाजाकी हिरोमी, लिला थापा, अनु पौडेल कँडेल, रोजिना श्रेष्ठ, भावना पौडेल र सिर्जना भण्डारीलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै एनआरएन एशिया प्यासेफिकका उप–संयोजक गोविन्दप्रसाद श्रेष्ठ र एनआरएन आईसीसी सदस्य पारसमणि पोखरेलले परदेशमा आएर पनि महिलाहरुले समाजसेवाको क्षेत्रमा सक्रियता देखाउनु र संगठित बन्नु स्वागतयोग्य कदम भएको बताए । 
कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्र थापा, जनजाति महासंघका अध्यक्ष कान्छा शेर्पा, अनेसार जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, तोयोगावा नेपाली समाजका अध्यक्ष दिपक केसी, चितवन समाजका अध्यक्ष सरोज कँडेल, बागलुङ समाज जापानका अध्यक्ष राजविन थापा राजु र  विमल अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  संस्थाको प्रगति प्रतिवेदन संस्थाकी उपाध्यक्ष प्रमिला सिग्देल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमा स्वागत मन्तव्य लक्ष्मी रेग्मी र कार्यक्रम संचालन प्रमिला सिग्देलले  गरेकी थिईन् ।

Post a Comment

 
Top