0
गोल्डेन न्यूज संवाददाता
कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) कास्कीको आयोजनामा लुम्ले गाविसमा एक दिवसीय घुम्ती कानूनी शिविर सम्पन्न भएको छ । शिविरमा महिलाको कानूनी सम्बन्धी अधिकार, सम्पत्ति सम्बन्धी अधिकार, जबर्जस्ती करणी र घरेलु हिंसा, बोक्सी प्रथा, नागरिकता, दाइजो लगायतका विषयमा सचेतना गराइएको थियो । शिविरमा संस्थाका कास्की संयोजक अधिवक्ता शोभादेवी पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । अधिवक्ता कल्पनाकुमारी भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन अधिवक्ता ल्याक कास्कीको कानुन अधिकृत अधिवक्ता सरिता थापाले गरेकी थिइन् । गाविसको निगरानी समूहको अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले गाविस अध्यक्ष भरत देवकोटाले समाजमा हिंसा हटाई समृद्ध नभएसम्म देश समृद्ध बन्न नसक्ने बताए । एमाओवादीका गाविस अध्यक्ष लक्ष्मण देवकोटाले गाउँ गाउँमा यसप्रकारका कार्यक्रम आवश्यक भएको बताए । वडा नंं ५ संयोजक भक्तिराम देवकोटाले समाजमा राम्रा नराम्रा घटना हुने भएको हुँदा मानिसले भने सधंै सकारात्मक सोच राख्नुपर्ने बताए । उनले महिलामाथि हिंसा बढी भएको र हिंसा अन्त्य गर्दै न्यायका लागि पहल गर्नुपर्ने बताए । सम्झौता बचत तथा ऋण सहकारीका अध्यक्ष बालकृष्ण देवकोटा, राप्रपा प्रतिनिधि ऋषिराम देवकोटा, स्वास्थ्य स्वयंसेविका मीना देवकोटा, रामचन्द्र देवकोटाले हिंसाको अन्त्यको माग गरे । शिविरमा करिब ५० जना महिलाको सहभागिता थियो । तीमध्ये १८ जना हिंसाबाट प्रभावित महिलालाई परामर्श दिएका थिए ।





Post a Comment

 
Top