0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा सेती गण्डकीको संयुक्त आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । स्याङ्गजाको मग्याम चिसापानीको श्री महिमा उच्च माविमा सम्पन्न आँखा शिविरमा २ सय ६२ जनाले आँखा जाँच गराएका थिए । शिविरमा २५ जना मोतियाबिन्दुका बिरामीलाई निःशुल्क अप्रेशनका लागि हिमालय आँखा अस्पताल ल्याइएको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष प्रदिप कुँवरले जानकारी दिए । शिविरमा आँखामा समस्या देखिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो । 
शिविरमा आँखाको समस्या भएका बिरामीहरुमध्ये ८० जनालाई निःशुल्क चश्मा तथा १५ हजार बराबरको निःशुल्क औषधि बितरण गरिएको लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष मिलन थापाले बताइन । कार्यक्रममा फुटफुटे लघु जलबिद्युत आयोजनाका अध्यक्ष ईन्द्रकान्त सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्री महिमा उच्च माविका प्रधानाध्यापक राजु शर्मा सिग्देल, लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्ष मिलन थापा,  आँखा शिविर संयोजक सरिता थापा लगायतले बोलेका थिए । शिविरमा हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोबिन्द नाथ योगी, कमल प्रसाद शर्मा, सरिता गुरुङ्गले प्राविधिक सहयोग गरेका थिए ।








Post a Comment

 
Top