0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले बुधबार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत वडा नं. १३ कुँडहर र क्षेत्र नं. ४ अन्तर्गत कास्कीकोट गाउँ इकाई भेला सम्पन्न गरेको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै वडा नं. १३ को भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले जनताको सुख दुःखमा साथ दिएर राप्रपा नेपालले बोलेर होइन गरेर देखाउने पार्टी भएको बताए । उक्त अवसरमा जिल्ला अध्यक्ष जयलाल पुनले देशलाई गृह युद्धबाट जोगाउनको लागि राप्रपा नेपाल सत्तामा गएको भन्दै नाकबन्दी पनि आफ्नै पार्टीको सहकार्यले सहज बनाएको बताए ।
कार्यक्रममा  सो अवसरमा वडा नं. १३ मा रामेश्वर कोइरालाको अध्यक्षतामा २१ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । त्यसैगरी कास्कीकोट गाविस ठूलीपोखरीमा अक्कल बहादुर भुजेलेको अध्यक्षतामा २५ सदस्यीय गाउँ इकाई गठन गरिएको छ ।        त्यसैगरी वडा नं. १३ मा पूर्णिमा गुरुङ्गको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल वडा समिति गठन गरिएको छ भने समिउन्नी शाहको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक मुस्लीम समाज गठन गरिएको छ । कार्यक्रम अन्तर्गत कास्कीकोट ठूलीपोखरीमा गंगा सुनारको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल गाउँ इकाई समिति गठन गरिएको छ ।

Post a Comment

 
Top