0
गोल्डेन न्यूज संवाददाता
युवा बौद्ध संघ धर्म शीला बिहार नदीपुर पोखराको आयोजना र हिमालयन आँखा हस्पिटल घारीपाटन पोखराको प्राविधिक सहयोगमा ल्वाङ घलेलमा निःशुल्क आँखा शिविर हुने भएको छ । शिबिरमा बिमारीको निःशुल्क जाँच, निःशुल्क औषधि र मोतियाबिन्दु  भएका बिमारीलाई पोखराको हिमालयन आँखा अस्पताल घारीपाटनमा आउने र जाने ब्यवस्था सहित निःशुल्क अप्रेशन समेत गर्नै संघका उपाध्यक्ष तथा निःशुल्क आँखा शिबिर २०७२ का संयोजक सकेन्द्र ताम्राकार जानकारी दिए । भगवान बुद्धले भन्नु भएको छ–‘जसले दुःखी र रोगीको सेवा गर्छ उसले मेरो सेवा गरेको ठर्हछ । यो भनाईलाई आत्मा साथ गर्दै युवा बौद्ध संघ तेर्सापट्टी पोखराले संस्थाका बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष गरिने निःशुल्क आँखा शिबिर प्रजातन्त्र दिवस को अबसर पारेर फागुन ७ गते ल्वाङ घलेल गा.वि.स सैदी घट्टको गौरी शंकर मणिलाल उच्च मा.विमा गर्नै संघका अध्यक्ष राकेशमान बुद्धाचार्यले जानकारी दिए ।
युवा बौद्व संघ झट्ट सुन्दा बौद्व धर्मको प्रचार गर्नै मात्र सस्था हो कि जस्तो लाग्छ । लाग्नु स्वभाविक पनि हो, तर संस्थाले आफनो स्थापना कालदेखि नै बौद्ध धर्मको माध्यमबाट समाजमा भए गरेका विकृति र विसंगति न्यूनिकरण सँग सँगै सामाजिक क्रियाकलापमा अग्रणि भूमिका निर्वाह गर्दै आईरहेको संघका निवर्तमान अध्यक्ष विनोद शाक्यले बताए । युवा बौद्ध सघंले गर्न लागेको कार्यको प्रशंसा गर्दै कार्यक्रमको सफलता संगै सिनेमा आर्ट प्रा लि ले मुख्य प्रायोजन गरेको छ । युवा बौद्ध सघंले यस्ता कार्यक्रमहरु गाउँ गाउँ गर्दै आईरहेको र यस पटक भने ल्वाङ घलेलमा गर्न लागेको हो । कार्यक्रम गर्न बिदेशबाट कुनै आर्थिक सहयोग नभए पनि स्थानीय स्तरबाट नै रकम जोहो गर्दै आईरहेको ताम्राकारले जानकारी दिए । सोही कार्यक्रम सहयोगार्थ सघंले यहि फागुन ५ गते बुधबार कृष्ण चलचित्र मन्दिर तेर्सापट्टि पोखरामा साँझ ६ बजे एक सो नेपाली फिल्म कबड्डी कबड्डी देखाउने भएको छ । निःशुल्क आँखा शिविर गर्न कै लागि फिल्म देखाउन लागेकोले सहयोगको लागि टिकट काटी फिल्म हेर्न आउन सबैलाई च्यारिटी सो का संयोजक भास्कर ध्वज श्रेष्ठले आग्रह समेत गरेका थिए ।



Post a Comment

 
Top